अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२६ | Colorodo: 13:41

उपराष्ट्रपति पुन दुःखहरण पूजामा

बिआरटीनेपाल २०७३ पुष २३ गते १२:१६ मा प्रकाशित

उराष्ट्रपति नन्द किशोर पुनको प्रमुख आतिथ्यमा भएको दु:ख हरण पूजा सम्पन्न भएको छ । झपाको दमकमा आयोजित प्रेमवादको २०१७ सालको दुःखहरण पूजा बिभिन्न देशका प्रतिनिधी र प्रेमबादी अनुयायीहरुको उपस्थितीमा सम्पन्न भएको हो ।

हरेक बर्ष अंग्रेजी नयाँ बर्षको पहिलो दिन हुने दुःखहरण पूजामा सहभागी हुन यो बर्ष पनि पूर्वीय भागबाट मात्र १  लाखको हाराहारीमा प्रेमवादीहरु उपस्थित थिए भने बिभिन्न देशबाट पनि यो पूजाको लागि बाक्लो संख्यामा प्रतिनिधीहरु उपस्थित थिए ।

गुरु ऊँनन्दद््वारा लिखित अंग्र्रेजी पुस्तक बिमोचन समेत गरिएको उक्त पूजामा बोल्दै उपराष्ट्रपति पुनले प्रेमवादले उठाएका अभियानहरु विश्व शान्तिको लागि भनेर आफुले बुझेको भन्दै प्रेमवादले संस्कार र धर्मगत रूपमा पछि पारीएका छोरीचेलीहरुको न्यायिक उद्धार गरेको, संस्कारमा सुधार ल्याएको, अनाथ र बृद्धाहरुको लागि लभिङहोम नामले अनाथलयहरु सन्चालन गरेको अनि सर्वधर्मको सिद्धान्त लिएको कुरा श्रहानिय रहेको बताएका थिए ।

पुनले भने,’ प्रेम नै धर्म दर्शनहरुको सार हो अतः प्रेमवादले अघि सारेका मुद्धा प्रशँसनिय छन् ।’

प्रेमवादका दार्शनिक गुरु ऊँनन्दबाट संधैझैं बिहान ५ बजे र ७ मिनेटमा मुख्य दियो बालेपछि आरम्भ भएको पूजामा सारा चराचर जगतको लागि कल्याणार्थ र मँगलार्थ पूजा साथै सारा मानव जन र पशुपँक्षि प्राणीको उद्धार र मँगल होस् भनी ईश्वरसंग पुकार समेत गरेका थिए ।

कार्यक्रममा गायत्री मन्त्र, बुद्धिस्ट मन्त्र, इस्लाम मन्त्र लगायत अरू विविन्न धर्मका मन्त्र र भजनहरु गाईएको थियो । पूजाको मुख्य केन्द्र निहिनमा धेरै सम्प्रदायका गुरुहरु मिलेर आफ्नो आफ्नो शास्त्रहरु पढिरहेको देखिन्थो एकै साथ एकै स्थानमा मिलेर पण्डितहरु, लामाहरु, किरात धर्म सेवासाभाहरु, इस्लामका पादरीहरु, जापनिज ननहरु लगायत ब्रम्हाकुमारी, कृष्ण प्रणामी आदि गुरुहरुबाट निरन्तर आआफ्नो शास्त्रहरुको वाचन भइरहेको दृश्य बढो गजवको देखिन्थ्यो ।

प्रेमवादको दर्शन सबैको संस्कारलाई सम्मान गर्नु हो । कतिपय ब्यक्तीले बुझ्दै नबुझी प्रेमवादलाई राजनिती संग जोडेको कुरा उल्लेख गर्दै र
भगवान् दुद्धको दर्शनलाई सखाप पार्नको लागि पनि कहीँ कतै राजाहरु नै लागि परेको प्रशंग सुनाउँदै जसले जस्तो पछाडिबाट प्लानिङ गर्दैछ त्यो थाहा छैन भन्दै कोहिहरु बसिरहेको छ तर त्यो कुरा आफुलाई हिमालको हिँउ झैँ छर्लङगै थाहा भएकाले यस्तो बिरोधले प्रेमवादलाई कुनै असर नगर्ने भन्दै गुरु ऊँनन्दले दावि समेत गरे ।

दुःखहरण पूजा समाप्तीको समय पुन सबै धर्मको शास्त्र उच्चारण गरिएको थियो ।
के हो प्रेमवाद ?
१.प्रेमवाद दर्शनले सबै धर्मलाई आफ्नै धर्मको रूपमा हेर्छ ।

२. पशुप्राणीको बलि प्रथा ईश्वर वा पूर्खाहरुको चाहाना हैन । बलि गर्नु महापाप पनि हो ।

३. सबै भन्दा मान्छेको दुस्मन, शैतान नभएर आफ्नै अहँकार हो । अहँकारलाई दवाउन साँचो प्रेम चाहिन्छ । साँचो प्रेमले अहँकार, रिस, दुष्मणभाव आदिलाई हिउलाई घामले पग्लाए सरी पगाल्छ ।

४. प्रेमवादले सेवाको मार्गलाई विशेष स्थान दिएको छ ।

५. सबैको मँगल नै प्रेमवाद हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू