अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४२ | Colorodo: 19:57

यसरी पाएँ नेपथ्यको कन्सर्ट हेर्ने पास

बिआरटीनेपाल २०७३ पुष २३ गते १०:२८ मा प्रकाशित

पुस महिनाको जाडोमा सबैलाई सम्साँझै घरभित्र छिरेर सिरक भित्र गुटमुटिनको हतारो हुन्छ । तर आज साँझ निक्कै ढली सक्दा पनि हजारौं युवाहरुलाई कुनै हतारो थिएन घर जान र सिरक भित्र छिर्न । कारण थियो लोकप्रिय ब्याण्ड नेपथ्यको कन्सर्ट, राजधानीको टुंडिखेलमा ।
हिजै मात्र चटारो लाग्यो नेपथ्यको कन्सर्ट हेर्नका लागि । एकजना मित्रले सम्झाउनु भयो, लौ न भोली नेपथ्यको कन्सर्ट हेर्न जाउँ । म पुनः जागृत भए, नेपथ्यको डाई हर्ट फ्यान नै भनुम आफु । हुन त यो भन्दा पहिला मैले नेपथ्यको कन्सर्टमा नाचि सकेको छु तर अघाउदिन उनका गीत सुनेर ।

अमृतदाईलाई फोन गर्न गाह्रो लाग्यो, सोचे बिजी होलान, फेरी पासको लागि के दुःख दिईरहनु ? टिकट सिस्टम पनि थिएन, बजाज कम्पनिको आयोजनामा कन्सर्ट गर्न लागिएको थियो । सुनेको थिएं, बजाज कम्पनिले कन्सर्टका लागि पास आफ्ना ग्राहकलाई मात्र दिएको छ । म बजाज कम्पनीको ग्राहक थिईन ।

अन्ततः अमृतदाईलाई नैं म्यासेज गरें । दाई म लगायत २–४ जना साथिहरु हजुरको कन्सर्टमा नाच्न निकै ईच्छुक छौं, के उपाय गर्न सकिएला ? दाईले म्यासेजमै रिप्लाई गर्नुभयो भाई अर्पण जि लाई कल गर्नु म भनिदिन्छु । अर्पण दाईलाई फोन गरें उनले पास मिलाउन अहिले त निक्कै गाह्रो छ, ढिला भन्नुभयो, त्यै पनि भोली ११ बजेतिर फोन पाउँ म कोशिष गरौंला ।

बिहान ११ बजे अर्पण दाईलाई म्यासेज गरें दाई मैले हिजो पासको लागि भनेको थिएं, केहि उपाय लाग्यो कि ? अर्पण दाईले टुडिंखेल आउन सुझाए । म एकजना भाईलाई बाईक हाक्न लाएर पुगें टुडिखेल । अर्पणदाईले खल्तिबाट एउटा ईगलको चित्र भएको र एडभेञ्चर लेखिएको ब्याच हातमा थमाएर भनेें, बस यति सकियो भाई लिनुस् । उक्त ब्याच खल्तिमा राखेर घरतिर लागें ।

५ बजे निस्किए, कन्सर्ट ६ बजेबाट सुरु हुदैं थियो । साथमा एकजना भाई पनि थियो सरोज, भाईलाई लिएर फ्रन्टलाईनमा पुगें तस्विर खिच्न । करिब साढे २ घण्टा अमृत दाईले निक्कै रक शैलीमा उपस्थित हजारौं युवालाई नचाए । म पनि मनमनै नाचे, बेलाबेला खुट्टाको तालमा जिउ हल्लाए र लयमा लय मिलाए तर उफ्रेर नाच्न मन भएपनि नाच्न सकिन, किनकी क्यामेराको जिम्मेवारीले आफ्नो भूमिका सम्झाई रहेको थियो । उनले नचाएनन् मात्रैं सन्देश पनि दिए, देश घुम्नुस् । देश र भुगोल बुझन हिड्नै पर्छ पढेको कुराले बरु बिर्सिएला, तपाई घुमे पक्का बिर्सनु हुन्न ।

गाउँदा गाउँदै बिच बिचमा उनले नेपाली एक भएर बस्नुपर्छ भन्ने सन्देश पनि दिए, देश बिकासमा हातेमालो गर्न आग्रह पनि गरे । तालको पानी माछीले खाने गाउँदा हजारौं उपस्थित दर्शकहरु उनिसँगै नाचे । रातो र चन्द्र सूर्य गाउँदा नेपाली राष्ट्रिय झण्डाहरु फहरिएको देखियो उत्साहित युवाहरुको भिडमा ।

करिब ९ बजेतिर कार्यक्रम सकियो । अमृतदाई र समुहले सबैसँग बिदामागे । हामी पनि ट्याक्सिमा हुईकियौं, बासस्थान तिर ।

केहि समय अघि गायक अमृत गुरुङसंग पंक्तीकार

 

प्रतिक्रिया