अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१७ | Colorodo: 00:32

गायक श्रेष्ठको म्युजिक भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७३ पुष २२ गते १०:३८ मा प्रकाशित

गायक तिलक श्रेष्ठले आफ्नो दोस्रो एल्बमबाट हालै नयॉ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छ्न् । सार्वजनिक गरिएको “धड्कन विना” बोलको गीतका गीतकार किशोर थापा हुन् भने गीतको संयोजन गोपाल रसाइलीले गरेका हुन् । अर्जुन अधिकारीद्वारा निर्देशन गरिएको उक्त म्युजिक भिडियोमा क्यामारामा उत्सव दाहाल र सम्पादनमा निशान घिमिरे रहेका छ्न् । नेपालकै उत्कृष्ट नायिकाहरु मध्यकी सुन्दरी नायिका केकी अधिकारीद्वारा अभिनीत यस म्युजिक भिडियोमा गायक श्रेष्ठ स्वयम्ले पनि अभिनय गरेका छ्न् ।

उनले आफ्नो दोस्रो एल्बममा ७ (सात) वटा गीत समावेश गरेका छ्न् । सबै गीतका सङ्गीत भने चर्चित सङ्गीतकार हरि लम्सालले गरेका छ्न् । त्यस्तै राजेन्द्र थापा, डा. कृण्णहरि बराल, लोकराज अधिकारी, किशोर थापा,रोशन पाल्पाली, पासाड० शेर्पा र हरि लम्सालका शब्दहरू सो गीति एल्बममा रहेका छ्न् ।  प्रतिभाशाली श्रेष्ठ एनआरएन अमेरिकाको महासचिव पनि हुन् ।

Sunil Thapa

प्रतिक्रिया