अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४७ | Colorodo: 12:02

घाँसी नेपालसँग राजेश हमाल

बिआरटीनेपाल २०७३ पुष २२ गते ५:१६ मा प्रकाशित

विगतलामो समय शैक्षिक क्षेत्रमा काम गर्दै आएको घाँसी आर्दश समाज नेपालले गत वर्ष देशमा आएको विनाशकारी भुकम्पले क्षति पु¥याएका एक दर्जन भन्दा बढी विद्यालयको पुनःनिर्माण कार्य अगाडि बढाएको छ । यस अभियानको अभियान्ताका रुपमा महानायक राजेश हमलाले काम गर्दै आउनुभएको छ ।

घाँसी नेपालले राजधानीमा गरेको कार्यक्रममा बोल्दै हमालले आफू सामाजिक कार्यमा कहिलै पछि नपरेको र अरुले पनि सहयोग गर्द अग्रसर हुनुपर्ने बताउनु भयो । देशमा आएको विनाशकारी भुकम्पले देशको भविष्यका कर्णधार बालबालिको शिक्षामा पनि असर पु¥याएको भन्दै यो सम्बेदनशिल क्षेत्र भएकाले आफूले घाँसी नेपालसँग सहकार्य गरेको दाबी गर्नुभयो । उहाँले सबैले मिलेर यो अभियानलाइ सफल बनाउन आग्रह समेत गर्नु भएको थियो उक्त कार्यक्रममा ।

घाँसी नेपाल आदर्श समाजले एक दर्जन भन्दा बढी ठाउँहरुमा स्कुल निर्माणको काममा हात हालेको छ । समाजले जनकल्याण उच्च मावि गोहरे गोरखा, भीमसेन प्रावि बोर्लाङ गोरखा, राधा उच्च मावि जामुने तनहुँ, तारेभीर प्रावि गोकर्णेश्वर काठमाडौं, गागलफेदी हर्ष निमावि कागेश्वरी काठमाडौं, बालबोध मावि रामकोट काठमाडौ लगायतका स्कुलहरुको पुनर्निर्माणको काम अघि बढाएको छ ।

गोरखा जिल्लाको जनकल्याण उच्चमाध्यामिक विद्यालय र तनहुँको राधा उच्चमा.वि. हस्तान्तरण कार्यक्रमको मिति तय भइनसकेको भए पनि चाडै हस्तान्तरण गरिने समाजका अध्यक्ष माधबप्रसाद घिमिरले बताउँनु भयो । ‘सबैकार्य लगभग सकिएको छ मितिमात्र तय हुन बाँकी छ’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू