अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४१ | Colorodo: 17:56

छोटो चलचित्र इक्युइलीब्रियम (निमेष) सार्वजनिक (पुरा फिल्म सहित)

बिआरटीनेपाल २०७३ पुष २० गते २२:५२ मा प्रकाशित

युवा पुस्ताहरु कला क्षेत्रमा भविष्य खोज्ने क्रममा यस क्षेत्रमा हाम फाल्ने क्रम बढी रहेकै छ| यसले कला सृजनामा वा कला क्षेत्रले राम्रो राम्रो मानिसहरु पनि दिनानु दिन पाई रहेकै छ | यसैविच पछिल्लो समय रंगकर्ममा अझै बढी युवाहरु लागी परेको पनि देख्न सकिन्छ| सामाजिक संजाल संगै विभिन्न संचारमध्यमहरुको विकास क्रम बढ्दै जाँदा युवा पुस्ता आफुले मन परेको काम गर्न र पर्दामा देखाउन खप्पिस देखिएका छन् |

पछिल्लो समय रङ्गमंचमा काम गरेका कलाकारहरु छोटा चलचित्र निर्माणमा सक्रिय छन् | रङ्गमंचका एक प्रतिभा सन्दीप श्रेष्टले इक्युइलीब्रियम (निमेष) नामको छोटो चलचित्र बनाएर युट्युब मार्फत सार्वजनिक गरेका छन् |

स्ट्रीट नेपालको निर्माणमा बनेको उक्त छोटो चलचित्रलाई नबिन बाबु गुरुङले छायांकन गरेका छन् भने बिकाश जोशी, रन्जना ओली, पिटर प्रिन्स, बिनिता गुरुङ र पुजा लामाको अभिनय रहेको छ |

निकै नै कलात्मक ढंगले बनेको यस छोटो चलचित्र हेर्दा लाग्छ नयां पुस्ताले अबशर पाए राम्रा काम गरेर देखाउन सक्नेछन |

https://www.youtube.com/watch?v=T47cq0hbtV4&feature=youtu.be

प्रतिक्रिया