अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४४ | Colorodo: 09:59

श्रावणीको विमोचन प्रधानमन्त्री प्रचण्डको हातबाट

बिआरटीनेपाल २०७३ पुष १९ गते २३:०१ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आँफु पनि सङ्गीतको पारखी भएको बताएका छन् । गीतकार श्रवणकुमार जोशीको एकल शब्द रहेको एल्बम ‘श्रावणी’ बिमोचन गर्दै प्रचण्डले भने आँफुले सबैभन्दा बढी गीत सङ्गीत पढ्ने समयको सुनेको बताए ।

गीतकार जोशी व्यवसायीका अलावा राम्रा गीतकार भएको समेत तर्क गरे । सङीतकार सुनिल मास्केको एकल सङीत तथा शिव परियार र मिलन अमात्य को संयुक्त स्वर रहेको एल्बम श्रावणीू को बिमोचन गरिएको छ​। एल्बममा चार वटा गीतहरू समावेश गरिएको छ । जसको सबै गीतमा सङ्गीत संयोजन प्रदीप श्रेष्ठले गरेका छन् । गीतकार जोशीले एल्बमको शीर्ष गीतको भिडियो छिट्टै नै सार्वजनिक गर्ने तयारीमा रहेको बताए । जसको बजार व्यवस्थापन भाईब्स क्रियसनले गरेको छ ।

 

Rajesh Hamal

प्रतिक्रिया