अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५० | Colorodo: 09:05

नेपालगन्जको ट्राफिक सुधारका लागि प्रहरी प्रमुख थापाको प्रतिवद्धता

बिआरटीनेपाल २०७३ पुष १९ गते ९:११ मा प्रकाशित

नेपालगन्ज उपमहानगरपालिका सहित समग्र बाँके जिल्लालाई ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने जिल्ला ट्राफिक प्रहरीका प्रमुख हुम बहादुर थापाले प्रतिवद्धता जनाएका छन् ।नेपालगन्ज उपमहानगरपालिकामा देखिएको ट्राफिक समस्यालाई सवैको सहकार्यमा व्यवस्थापन गर्ने जिल्ला ट्राफिक प्रहरीका प्रमुख थापाले बताए ।

थापा भर्खरै जिल्ला ट्राफिक कार्यालय बाँकेमा सरुवा भएर आएका हुन् । अपराध अनुसन्धान शाखामा कार्यरत रहा थापा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेमा आइतवार सरुवा भएर आएका हुन् । जिल्लामा भएका गतिविधिलाई चुस्त दुरुस्ततरिकाले लैजान सोमवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि जानकारी गराए  ।

नेपालगन्ज नगरमा अव्यस्थित फुटपाट पसल, अटोरिक्सा, अवैध रुपमा संचालन रहेका गाडीका लाइसेन्स जस्ता कार्यमा तिव्र लागि पर्ने उनले पत्रकार भेटघाट कार्यक्रममा बताउदै प्रहरीको एक्लो प्रयासले केही गर्न नसकिने भएको हुदा सवैको सहकार्यका साथ अघि बढ्ने बताए ।
ब्ततबअजmभलतक बचभब

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू