अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३० | Colorodo: 11:45

चलचित्र ‘व्वायफ्रेन्ड’ मा रहेको थारु गित छायाकंनमा देखिए यस्ता दृष्य

बिआरटीनेपाल २०७३ पुष १८ गते ७:११ मा प्रकाशित

आदिवासि थारु समुदायको पहिचान बोकेको चितवन सौराहाको बछौली स्थित थारु साँस्कृतिक संग्रहालयमा भोजपुरी गीतमा केही युवाहरु नाचगान गरेर रमाईरहेका थिए ।
तेरी लच्के लि जब कमरिया….
बल खाए जै जेसन नगेनिया……
थारु महिलाहरु पहिचान सहित कालो व्लाउज र सेतो धोतीमा सजिएर संस्कृतिक पहिचान पनि देखाउँदै थिए । एकै छिनमा टाँगा चढेर केही युवायुवती आईपुगे ।

गाढा, टाँगाका वीच उनीहरु त्यही गीतमा रमाउन थाले । माहोल तात्दै थियो । मदन घिमिरेको ‘कट्’ ले रमाईलो वातावरण शान्त बन्यो ।

चितवनका कृष्ण खनाल र सुर्य बुढाथोकीले निर्माण गर्दै गरेको चलचित्र ‘व्वायफ्रेन्ड’को छायाँकनमा ति दृष्यहरु कैद हुँदै थियो ।

चलचत्रमा प्रयोग गरिएका मध्ये एउटा भोजपुरी गीत छायाँकन गरिंदै थियो । कोरसमा धेरै युवायुवती थिए । फिल्मको ४ गीत मध्ये ३ वटा गीत चितवनमै छायाँकन गरिएको छ ।

मुख्यगरी एउटा धनी बाबुको छोरीहरु कसरी विग्रिन्छन् भन्ने देखाउने लक्ष्य रहेको बताउने चलचित्र निर्देशक मदन घिमिरे भन्छन्, ‘समाजको विकृतिलाई उजागर गर्न खोजेका छौं, व्वायफ्रेन्ड धेरै होलान् तर यसले वास्तविक व्वायफ्रेन्ड एउटै हुन्छ भनेर सकारात्मक सन्देश छ ।’

उनले यो फिल्ममा भोजपुरी गीत मिसाएर नौलो प्रयोग गरेको दावी गरेका छन् । मंसिर तेस्रो सातबाट छायाँकन शुरु भएको फिल्म काठमाडौ, चितवनका अधिकाँश दृष्य कैद छन् ।

फिल्मको मुख्य भूमिकामा रहेका चितवनकै नायिका महिमा शिलवालसँग पुष्कर रेग्मीले रोमान्स गर्दै छन् । बुधबारसम्म छायाँकन सक्नेगरी यहाँ काम भैरहेको छ ।

चलचित्रमा सरोज खनाल, मोहन निरौलासँगै सुकबहादुर बमजन, श्याम मिश्र, सोभा भण्डारी, पुजा थापा, सोनाम थापा लगायतका कलाकार छन् । पुनम राई र राजेन्द्र कमल राईको नृत्य निर्देशन छ । संगित टंक बुढाथोकीले भरेका छन् ।

भोजपुरी गीतको गायकमा भारतका श्यामकुमार मिश्र छन् । संगित भने भारतकै केके सिंहको छ भने लेखन जुगिराम राहीको हो । ‘नयाँ प्रयोग हो, भारतीय गायक श्यामकुमारले भने, पिक्चरलाई नयाँ फिचर दिएको छ ।’

पोष्ट प्रोडक्सनपछि रिलिजको मिति तोक्ने बताएका निर्देशक घिमिरे अबको केही दिनमा चितवनमा छायाँकन सक्ने तयारमा रहेको बताउँछन् । मौनता श्रेष्ठको लेखक रहेको चलचित्रको छायाँकन कृष्ण श्रेष्ठले गरेका हुन् ।

२० भन्दा बढी फिल्म खेलेकी नायिका महिना सिलवाल व्वायफ्रेन्डले शिक्षा र संस्कार सिकाएको बताउँछिन् । पुलपुल्याएकी चेलीको भूमिकामा रहेकी सिलवाल गलतको परिणाम गलत नै हुन्छ भन्ने सन्देश आफुबाट जाने बताउँछिन् ।

प्रतिक्रिया