अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०४ | Colorodo: 10:19

रोकिएको टेलीसिरियल मेरी बास्सैका कलाकारहरुले शुरु गरे ‘खित्का डटकम'(भिडियो)

बिआरटीनेपाल २०७३ पुष १८ गते ४:२७ मा प्रकाशित
रोकिएको मेरी बास्सैका कलाकारहरुले नयाँ टेलीसिरियल खित्का डटकम सुरु गरेका छन् । सुरबिर पण्डित (दाह्री बा), पल्पसा डंगोल (चम्सुरी) लगायतका कलाकारहरुको सशक्त अभिनय रहेको खित्का डटकमको दोस्रो भागमा लागू औषधमा लाग्ने युवकका कारण परिवारले झेल्नुपरेको समस्यालाई मुख्य रुपमा उठाइएको छ ।
रामचन्द्र अधिकारी, शम्भु थापा, सुरेश थापा, अनिता दंगाल, नेत्र राउत लगायतका कलाकारहरुको अभिनय रहेको टेलीसिरियलको कथा र निर्देशन सुरेश थापाको रहेको छ ।
नेत्र राउतको सह निर्देशन तथा पटकथा रहेको खित्का डटकमको छायांकन बुद्ध थापाले गरेका छन् । यस अगाडी अघिल्लो भागमा लोडसेडीगंको विषयबस्तुलाई उठाइएको थियो । हरेक शनिबार बेलुका ७ बजेबाट खितका डटकम मनोरञ्जन टिभीको यूट्युब च्यानलबाट प्रशारणमा आउँछ ।
थप भिडियो
https://www.youtube.com/watch?v=QDbFfWwInzU&feature=youtu.be

 

प्रतिक्रिया