अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१४ | Colorodo: 09:29

गीतकार अनिल पाण्डे रोपाईं काण्डका पूर्व कृषिमन्त्रीको प्रतिनिधित्व गर्दै (भिडियो सहित)

बिआरटीनेपाल २०७३ पुष १७ गते २१:४१ मा प्रकाशित

लेखक तथा गीतकारको रुपमा पहिचान बनाएका अनिल पाण्डेको नयाँ गीत ‘कुर्ची कुर्ची भन्छौ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक हिमाल सागरको स्वर र संगीतमा तयार भएको गीत ‘कुर्ची कुर्ची भन्छौ’ युटुव च्यानल मार्फत भर्खरै सार्वजनिक भएको हो ।

गत साल रोपाईंकाण्डले मन्त्री पद नै गुमाउन पुगेका कृषिमन्त्री हरी पराजुलीको अवस्थालाई चित्रण गरिएको गीत ‘कुर्ची कुर्ची भन्छौ’लाई निर्देशक दिनेश डिसीले निर्देशन गरेका हुन् ।

गीतकार पाण्डे आफैं प्रमुख भुमिकामा रहेको म्युजिक भिडियोमा सम्पदा र संकरको पनि अभिनय देख्न सकिन्छ । कमेडियन बेसमा तयार पारिएको भिडियोलाई अमृत सुनुवारले खिचेका हुन् भने माधब बेल्वासेले सम्पाद गरेका हुन् ।

 

 

भिडियो 

प्रतिक्रिया