अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०६ | Colorodo: 03:21

आकृष र सब्बु बने मिस्टर एन्ड मिस ग्लामर्स

बिआरटीनेपाल २०७३ पुष १७ गते ९:५८ मा प्रकाशित

मिस्टर एन्ड मिस ग्लामर्स आईकन – २०१६ को उपाधि काठमाडौंका आकृष महर्जन र सब्बु शाहीले जितेका छन् । उपाधिसँगै आकृष र सब्बुले जनही २५ हजार रुपैयाँ र विभिन्न उपहार प्राप्त गरे ।

यस्तै मिस्ट र मिस तर्फ फस्ट रनर अप शिब थपलिया एवं अप्सरा सुवेदी र सेकेन्ड रअर अपमा आर्यन बिष्ट एवं सोना बज्राचार्य बने ।

काठमाडौंको थापाथली स्थित मुड्स लञ्जमा आयोजित सो प्रतियोगिताको उद्घाटन जनसँख्या तथा वातावरण मन्त्री जयदेब जोशीले गरेका थिए ।

जेष्ठ नागरिक कोषको प्रमुख रामकृष्ण कार्माचार्यको सभापतित्वमा सम्पन्न सो प्रतियोगितामा विभिन्न शिर्षकमा प्रतियोगी बीच प्रतिस्पर्धा भएको थियो । जस अन्तर्गत मिस्टर एन्ड मिस ट्यालेन्टमा आर्यट बिष्ट र भावना तामाङ, फोटो जेनिकमा रबिन बिष्ट र सलिना बानियाँ, मिस क्याटवाकमा कोमल लामा बिजयी भए । सो प्रतियोगिताको कोरियोग्राफी मोडल हन्ट बिजेता निर्जन थापाले गरेका थिए ।

ग्लामर्स आईकनको आयोजना, बेटल ग्यालेक्सीको व्यबस्थापन र डिपिएएस इन्टरनेशनलको संयोजनमा सम्पन्न सो प्रतियोगिताको निर्णायकमा गायक आनन्द कार्की, मोडल एवं अभिनेत्री स्वस्तिका राजभण्डारी, मोडल पद्मिनी झा, व्युटिसियन रुश्का बैद्य श्रेष्ठ, टिचर मोना क्षेत्री खनाल, फेशन डिजाईनर सुजन पण्डित थिए ।

अवार्ड समारोहलाई गायक धिरज राई, आनन्द कार्कीले आफ्ना गीतबाट मनमोहक तुल्याएका थिए । सुमन कोईरालाको प्रहसन, लिटिल प्रिन्स – २०१६ आश्रेय रञ्जितको गायन, लिटिल प्रिन्सेस ट्यालेन्ट खुसी श्रेष्ठको नृत्य तथा सौगात मन्टेश्वरीका साना नानीहरुको नृत्य एवँ गायनले कार्यक्रमको रौनकता बढाएको िथियो ।

प्रतिक्रिया