अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४९ | Colorodo: 18:04

‘सिन्ड्रला नेपाल–२०१६’ को ताज रितिशालाई

बिआरटीनेपाल २०७३ पुष १७ गते ६:२० मा प्रकाशित

‘सिन्ड्रला नेपाल–२०१६’को उपाधि रितिशा कार्कीले जितेकी छन् । अंग्रेजी नयाँ वर्ष २०१७ को पुर्वसन्ध्या अर्थात् शनिबार राजधानीमा प्यासिफिक इभेन्ट मेनेजमेन्टद्वारा आयोजित प्रतियोगितामा आफ्ना ४४ जना स्पर्धीलाई पछि पार्दै रितिशाले उपाधि पोल्टामा पारेकी हुन् ।

रितिशालाई कार्यक्रमकी प्रमुख अतिथि द हाईल्याण्ड आर्ट तथा कल्पना बुटिककी प्रोपाइटर एवं डिजाइनर कल्पना योङ्हाङले ताज पहिराई दिएकी थिइन् । प्यासिफिक इभेन्ट मेनेजमेन्टद्वारा पहिलोपटक आयोजित यस प्रतियोगितामा ९ देखि १३ वर्ष उमेरका ४५ जना बालिकाले अन्तिम स्पर्धा गरेका थिए ।

प्रतियोगितामा स्लेशा कार्की फस्ट रनरअप र प्रमिति भण्डारी सेकेण्ड रनरअप भए । रोजिन शाक्य र विपना थापाको कोरियोग्राफी रहेको प्रतियोगितामा कृतिका तामाङ मिस ट्यालेन्ट, अदिति भट्टराई बेस्ट ड्रेस र एन्जेलिना पराजुलीले फोटो जेनिक अवार्ड पाए ।

त्यस्तै, कृष्था चापागाईँ मिस चार्मिङ, अर्शिया मानन्धर मिस पर्सनालिटी, सुविना श्रेष्ठ बेस्ट स्किन, अस्मिता तामाङ बेस्ट हेयर, फूर्वा शेर्पा, निश्चिता मिस फ्रेण्डशिप र प्रेरणा नेपालले मिस डिस्प्लिनको अवार्ड पाए ।

कार्यक्रममा द हाईल्याण्ड आर्ट तथा कल्पना ढाका बुटिकले तयार गरेको ढाका पहिरनमा ९ जना मोडलहरुले क्याटवाक गरेका थिए । फेसन डिजाइनर कल्पना योङ्हाङले डिजाइन गरेको ती पहिरनमा मोडलहरुलाई मञ्जु श्रेष्ठले र्‍याम्पमा उतारकी हुन् ।

त्यस्तै, कार्यक्रममा मोडल तथा अभिनेत्री निशा पोमु र लक्ष्मी योङ्हाङ नृत्य गरेर उपस्थित दर्शक तथा पाहुनालाई मनोरञ्जन प्रदान गरेका थिए । मिक्सअप गीतमा निशाले गरेको ‘फ्रि–स्टाईल’ नृत्यमा दर्शक रमाएका थिए । अहिले चलचित्र ‘दुस्साहस’मा व्यस्त रहेकी निशाका लागि द हाइल्याण्ड आर्टको ढाकामा डिजाइनर कमल मानन्धरले आर्कषक पहिरन तयार गरेका थिए ।

कार्यक्रम सोचेभन्दा राम्रो र भव्य भएको आयोजक संस्थाका निर्देशक तेन्जिङ शेर्पाले बताए । उनले भने, ‘सिन्ड्रेला नेपालको यो पहिलो संस्करण हो । तैपनि सबैको साथ र सहयोगले कार्यक्रम सफल भएको छ ।

प्रतिक्रिया