अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४८ | Colorodo: 13:03

अमेरिकामा बन्यो चर्चित गीत’सुन्छु तिमीले मलाई’को भिडियो (भिडियो सहित)

बिआरटीनेपाल २०७३ पुष १५ गते १०:०१ मा प्रकाशित

नेपाली कला साहित्यलाई अमेरिकामा परिचित गराउन महत्त्वपूर्ण भूमिका खेलिरहेका सञ्चारकर्मी शैलेश पोखरेलको छायाँकन तथा नेपालका जादुगर तथा हास्य कलाकार माहादेब त्रिपाठीको निर्देशमा नेपाली चलचित्र बिन्दास २ को चर्चित गीत “सुन्छु तिमीले मलाई भुल्नै आटेकी छौ” को दोस्रो म्युजिक भिडियो सार्वजनिक भएको छ । अमेरिकाको कोलोराडोका विभिन्न मन मोहक शहरहरुको दृश्यलाई कैद गरेर छायांकन गरिएको सुन्छु तिमीले मलाईको म्युजिक भिडियोको च्यानल मार्फत सार्वजनिक भएको हो ।

गीतकार राम अविरलको शब्द, अर्जुन पोखरेलको सङ्गीत र शिव परिवारको स्वरमा रहेको यो गीत नेपाली चलचित्र बिन्दास २ को अत्यन्त लोकप्रिय गीत हो । दर्जनौं अवार्ड हात पारेको यो गीत मेल र फिमेल दुवै भर्सनमा रेकर्ड भएको छ । बिन्दास २ चलचित्रको यो गीतको पुन अमेरिकामा छायाँकन गरेर युटुब मार्फत रिलिज गरिएको हो । बिन्दास २ चलचित्रका निर्माता मधु कुमार श्रेष्ठ भन्छन् “यो हामीले ग्लोबल नेपाली फिल्म अवार्डमा अमेरिका गएको मौकामा श्रोताको चाहना अनुसार डेनभर लगायतका सहरहरूमा छायाँकन गरेका हौ” । शिव परिवारको आवाजमा रहेको यो गीतको भिडियोको प्रतीक्षामा रहेका लाखौँ श्रोताको रहरलाई ध्यानमा राखेर यो भिडियो तयार पारिएको भिडियो निर्माण टिमले जानकारी दिएको छ ।

कोलोराडो क्षेत्रका विभिन्न रमणिय दृश्यलाई उतारिएको भिडियोमा मधु कुमार श्रेष्ठ, रविना भट्टराई, सुनिल थापा, महादेव त्रिपाठी र शैलेश पोखरेलको अभिनय रहेको छ । महादेव त्रिपाठीले निर्देशनमा तयार भएको भिडियोलाई टि बि थापाले सम्पादन गरेका हुन् ।

यो गीतमा छायाँकार र कलाकारको रूपमा देखिएका शैलेश पोखरेल लामो समेयदेखि अमेरिकामा रहेर कला साहित्य, सञ्चार र विभिन्न सामाजिक कार्य मार्फत नेपाल र अमेरिकालाई जोड्न सेतुको रूपमा परिचित छन् । गत कार्तिक महिनामा अमेरिकामा पहिलो पटक आयोजित ग्लोवल नेपाली फिल्म अवार्डको मुख्य आयोजकका रूपमा समेत रहेका पोखरेल त्यहाँ रहेका नेपाली लगायत नेपालमा अप्ठेरोमा परेका नेपालीहरूको सहयोगमा पनि उत्तिकै सक्रिय रहंदै आएका छन् ।

प्रतिक्रिया