अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२३ | Colorodo: 01:38

सञ्चारकर्मी मनोज थापाको लेखन र निर्देशनमा प्रेमको सशक्त कथा बोकेको ‘रहर’ सार्वजनिक(भिडियो)

बिआरटीनेपाल २०७३ पुष १४ गते ११:०८ मा प्रकाशित

रहर नभाको कहाँ हो र प्रीय तिम्रो काखमा निदाउन
खाली तिम्रो सिउँदो त्यो सिन्दुरले रंगाउन

 

सञ्चारकर्मीको रुपमा छवि बनाएका मनोज थापाको लेखन र निर्देशनमा नयाँ गीत रहरको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सुरेन्द्र श्रेष्ठको संगीत र स्वर रहेको ‘रहर’लाई रेस्पोन्सीभ मिडिया प्राली ले बजारमा ल्याएको हो ।

प्रेम, बियोग, बाध्यता र समपर्णको कथा बोकेको गीतलाई लेखक स्वयंले निर्देशन गरेकाले पनि यो गीत माथि बनेको म्युनिक भिडियोमा गीतको मर्मलार्ई सशक्त रुपमा चित्रण गरिएको छ ।

मन्जिता केसी, कुशल खत्री, राजेन्द्र लुईंटेल, रश्मी भट्ट र सुरेन्द्र केसीको अभिनय रहेको भिडियोलाई अमृत सुनुवारले खिचेका हुन् भने माधव बेल्वासेले सम्पादन गरेका हुन् ।

 

प्रतिक्रिया