अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३९ | Colorodo: 11:54

विपन्न परिवारलाई न्यानो कपडा वितरण

बिआरटीनेपाल २०७३ पुष १३ गते ३:२७ मा प्रकाशित

मोरङको पथरीशनिश्चरे ८ जिरिखिम्तीस्थित कञ्चनजंघा दैवीप्रकोप व्यवस्थापन समितिले सो टोलका ७ विपन्न परिवारका लागि सिरक र डसना वितरण गरेको छ ।

०७२ को भूकम्पको बेला भूकम्प पीडितका लागि वितरण गरेर रहेको सिरक डसना जाडोको समयमा समस्यामा परेका विपन्न परिवारलाई वितरण गरेको समिति अध्यक्ष लक्ष्मण गुरागाईले बताउनु भएको छ ।

०५४ सालमा स्थापित सो संस्थाले दैवि प्रकोप सहित विपतमा परेकाहरुका लागि सहयोग तथा टोलको विकासका लागि आफुलाई सक्रिय बनाउन १७ औं साधारणसभाबाट गुरागाईको अगुवाईमा नयाँ कार्यसमिति चयन भएको छ ।

समितिको उपाध्यक्षमा सानु पौडेल, सचिवमा दिपेश घिमिरे, सहसचिवमा सञ्जिव भण्डारी, कोषाध्यक्षमा कमलबहादुर गिरी तथा सदस्यहरुमा सीता काफ्ले, सुनील दहाल, भक्ती पौडेल र टीका दहाल चुनिनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू