अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१५ | Colorodo: 06:30

इफोनको इन्टरनेशलन फिक्सन कम्पिटिसनमा’ कालो पोथी’ र ‘छायाँ’

बिआरटीनेपाल २०७३ पुष १३ गते २:३१ मा प्रकाशित

आगामी पुष २७ बाट माघ २ सम्म धरानको विपि काईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रेक्षालयमा आयोजना हुने ‘इन्टरनेशलन फिल्म फेस्टिबल अफ नेपाल–२०१७ (इफोन)मा ‘इन्टरनेशलन फिक्सन फिल्म फुल लेन्थ कम्पिटिसन’मा नेपालबाट दुई ओटा चलचित्र चयन भएका छन् । सो कम्पिटिशनका लागि नेपालबा कुल आठ ओटा फिक्सन परेकोमा मिन बहादुर भाम निर्देशित चलचित्र ‘कालो पोथी’ र मनोज पण्डित निर्देशित चलचित्र ‘छायाँ’ चयन भएको हो ।

फेस्टिबलमा इन्टरनेशलन फिक्सन फिल्म फुल लेन्थ कम्पिटीशनमा विभिन्न ६ ओटा देशका नौ ओटा फिल्म परेका छन् । जस मध्य नेपालबाट ‘कालो पाथी’ र ‘छायाँ’ गरी दुई फिल्म, भारतबाट ‘हाफ टिकट’ र ‘लेडी अफ द लेक’ गरी दुई ओटा फिल्म छानिएका छन् ।

बँगलादेशबाट पनि ‘इन्नर साउन्ड’ र ‘जर्नी टु रुट’ गरी दुई ओटा फिल्म चयन भएका छन् ।

यस्तै जर्मनबाट ‘सि–ओ–से–पोल’, क्युबाबाट ‘होटल न्युभाइस्ला’ र रुसबाट ‘स्टेपी गेम्स्’ चयन भएको छ ।

आफ्नो चलचित्र सो महोत्सबमा चयन भएकोमा छायाँका निर्देशक मनोज पण्डितले खुसी व्यक्त गरेका छन् । महोत्सबमा आफु सहभागी हुने प्रतिबद्धता पनि उनले जनाएका छन् ।

फिक्सन फिल्ममा उत्कृष्ट हुने फिल्मले एक हजार अमेरिकी डलर सहित गौतम बुद्ध अवार्ड प्राप्त गर्ने फेस्टिबल निर्देशक केपी पाठकले जानकारी गराए ।

इफोनमा छानिएका नौ ओटै फिल्म अन्तराष्ट्रिय फिल्म कम्पिटिसनमा भाग लिएर अवार्ड जितीसकेका सिनेमाहरु हुन् । त्यसैले यी नौ ओटा मध्य कुन फिल्मले गौतम बुद्ध अवार्ड जित्न भन्ने बारे अहिले नै अनुमान लगाउन गाह्रो छ । तर बिदेशी सिनेमाहरुसँग नेपालका दुई फिल्मको पनि ससक्त प्रतिस्पर्धा हुने भएको छ ।

प्रतिक्रिया