अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०९ | Colorodo: 10:24

आफ्नै हजुरबुवा र बुवाबाट साथै सामुहिक बलात्कृत किशोरीहरुको संरक्षण गरिरहेकी मेनुका थापा के भन्छीन् ?(अन्तरवार्ता)

बिआरटीनेपाल २०७३ पुष १३ गते १:५० मा प्रकाशित

मेनुका थापा संघर्षको अर्को नाम जस्तै हो । आफु गर्भमै हुँदा पीता गुमाएकी मेनुकाले अरुका भाषा बुझ्न थालेपछि नै आफुलाई बाउ टोक्कुवाई, अलच्छिनी जस्ता नमिठा सब्द सुन्दै हुर्कीईन् । ३५ बर्षमै बिधवा बनेकी मेनुकाकी आमाले श्रीमानको मृत्यु अगाडी ७ छोरी र १ छोरा गरि ८ सन्तान जन्माएकी थिईन् । मेनुका गर्भमै थिईन् मेनुकाका बुबाको रुखबाट खसेर मृत्यु भयो । एउटी ३५ बर्षकी युवा अवस्थानै पार नगरेकी ती आमाले मेनुकालाई त जन्माईन् तर उनि श्रीमानको मृत्युले मानसिक रोगी भईसकेकी थिईन् । जसले गर्दा मेनुकाले दिदीहरुको लालनपालनमा मात्र हुर्कनु पर्यो ।

तिनै मेनुकाले काठमाडौंको सडक पेटीमा महिनौं बिताईन्, गजल र दोहोरी साँझमा काम गरिन् र अन्तत २१ बर्षको कलिलै उमेरमा आफुजस्तै दु:ख झेलेका छोरीहरुको रक्षाका लागि रक्षा नेपाल नामको संस्था खोलिन जसले २०६० साल देखी निरन्तर रुपमा अप्ठ्यारोमा परेका किशोरीहरुको शिक्षा स्वास्थ्य लगाएत गास, बास, कपास र न्यायको लागि काम गरिरहेको छ ।

पछिल्लो समय आफ्नै हजुरबुबा र बुवाबाट लामो समयदेखी बलात्कृत हुँदै आएकी पुजा कार्की जसले दिनहुँ घरभित्रै बलात्कार हुँदाको पीडा सहन नसकेर आत्महतयाको प्रयास गरेकी थिईन् । उनलाई तिनै मेनुका थापाले संरक्षण दिईन् साथै उनका बलात्कारी बुवालाई कानुनि सजायं दिलाउन सफल भईन् ।

त्यस्तै अर्की बैतडीकी किशोरी पुजा बोहोरा जो सामुहिक बलात्कारको सिकार हुन पुगीन् । हाल ति दुबै बालिका रक्षा नेपालकी मेनुकाको संरक्षणमा पढिरहेका छन् ।यस्ता थुप्रै किशोरीको रक्षक बनेकी अविबाहित मेनुकासंग यक्ष प्रश्न

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू