अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५४ | Colorodo: 13:09

मुसहर बस्ती बनाउन धुर्मुश बर्दिबासमा (फोटो फिचर)

बिआरटीनेपाल २०७३ पुष १२ गते ९:५० मा प्रकाशित

मुसहर बस्ती बनाउन धुर्मुस (सिताराम कट्टेल) महोत्तरीको बर्दिबास आएका छन् । उनी आउने खबरले मुसहर बस्तीकी एक सय पाँच बर्षीया मरनी सादा मङ्गलवार बिहानै देखि खुसी थिइन । बिहानै देखि उनी बाटो कुरेर बसेकी थिइन् । धुर्मुस आएपछि हातमा राखेको माला र अबिर उनलाई लगाई दिएइन् । 

मरनी बर्सौंदेखि बाख्रा बाँध्ने खोरमै सुत्दै आएकी छन् । कठ्यांग्रिदो जाडोमा भूइमै पराल ओछ्यार र बोरा ओढेर रात काट्दै छिन् । मरनीले धुर्मुशलाई भेटेपछि निकै खुसी हुदैं भनिन्, ‘ हाम्रो हाम्रो त जीवनै बरबाद भएको थियो । घर बनाउन लाग्नु भयो खुसी लाग्यो । ल बाबु ठुलो मानिस बन्नु ,यो बुढी आमाको अशिर्वाद छ ! ’

मङ्गलवार बिहानैदेखि मुसहर बस्ती बनाउन धुर्मुस मुसहर बस्ती आउने खबरले बर्दिबासका मुसहर बस्तीका स्थानीयहरु उनी आउने बाटो कुरी रहेका थिए । एका बिहानै दाउरा लिन जङ्गल पुग्ने मुसहरहरु मङ्गलवार धुर्मुसको स्वागत्मा जुटे । कोही छिमेकीको आगनबाट फुल टिपेर ल्याए । कोही माला उने । होही बस्ती सरसफाइमा जुटे । कोही ‘धुर्मुस सर हजुर कता आइपुग्नु भयो ’ भनेर बस्तीका अगुवा मञ्जय सादाले सूचना सङ्कलन गरेर बस्तीका स्थानीययलाई जानकारी गराई रहेका थिए । 

धर्मुसको प्रतिक्षमा बसेका मुसहरहरुको सामुने हास्य कालाकार तथा समाजसेवी धुर्मुस पुगेपछि उनीहरू खुसीले गद गद भए । मुसहर बस्तको माहौल रोमाञ्चक बन्यो । मुसहरहरुले खुसी भएर धुर्मुसको गलादेखि शिर सम्म माला लगाई दिए । निदारमा टलक टल्किने रातो र पहिलो अक्षतालगाई दिए । धुर्मुस—सुन्तलीको पहलमा बस्ती भित्र तीन पुस्तापछि पानी पुगेको भन्दै स्वागतमा विशेष रूपमा धाराबाट अमखोलमा ल्याइएको पानी खुवाएर खुसीयाली साटे ।

मुसहरले धुर्मुशलाई मुसहरहरुले घरघर घुमाए । धमुर्स —सुन्तलीले मुसहरको घर बनाइ दिने घोषणा गरेपछि बर्दिबासका ५० घरधुरीका दुई सय सत्तरी जना मुसहरमा खुसीयाली छाएको छ । धुर्मुस—सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुस) बस्तीको पहिलो चरणको निर्माण कामको लागि काठमाँडौंबाट बर्दिबास आएका छन् ।

स्थानीयको स्वागत्ले अफूहरुलाई काम गर्न हौसला बढाएको उनले मुसहरसंगको कुरा धुर्मुसले व्यक्त गरे । ‘मुसहर बस्तीबाट मानवता र सद्भावका लागि सहकार्य गर्दै विकासका लागि मूल फुटाउन खोजेका हौँ । मुसहर बस्तीबाट देशभरि नै समानतको र सद्भवको सन्देश जानेछ । सबै तीरका विभिन्न पीडिमा मलहम पट्टी लगाउने अभियानको थालनी हुने कुरा म विश्वस्त छु,’ उनले भने,‘ हामी सबै खटिएमा देश अवश्य बन्छ ।’
राष्ट्र निर्माण तपाईँ हाम्रो अभियानलाई आत्म साथ गर्दै सबै जना एकताको सूत्रमा बाँधिएर देश विकासमा लागनु पर्ने बेला आएको उनले बताए ।उनले भने,‘हामीले भोक्ने गरेको भारीले देश बनाउँछ । राजनीतिक नारा लिएर धेरै पटक सडकमा आयौँ । एक पटक विकासको नारा लिएर सबै जना गाउँ गाउँ पसौं । दुई वर्षमै देशमा कायापल्ट हुन्छ ।’ 

मंलबारै धुर्मुसले स्थानीय राजनीतिक दलका नेताहरुसंग मुसहर बस्ती निर्माण सम्बन्धमा अन्तरक्रिया तथा सार्वजनिक सुनवाई गरेका छन् । स्थानीय राजनीतिक दलले मुसहर बस्तीको मुहार फेर्न भारी बोक्न तायार भएको सामूहिक रूपमा प्रतिबद्धता सहित घोषणा गरे ।

चार करोंड अठत्तर लाखको लागतमा मुसहर बस्ती निर्माण कार्य हुदैंछ । मुसहरहरुलाई नयाँ वर्षमा नयाँ घर उपहार स्वरूप दिने योजना सहित धुर्मुस—सुन्तली पाउण्डेसनले काम थालनी गरेको बताइएको छ । 

प्रतिक्रिया