अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४०
| Colorodo: 07:55
त्रिभुवन विश्वविद्यालयको ४२ औँ दीक्षान्त समारोह आगामी पुस १४ गते हुने भएको छ । वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा त्रिवि इञ्जिनियरिङ क्याम्पस पुल्चोकको खेल मैदानमा त्रिभुवन विश्वविद्यालयको ४२ औँ दीक्षान्त समारोह गर्ने भएको हो ।
त्रिवि परीक्षा नियन्त्रक केशव बास्तोलाका अनुसार यसपटक ९ हजार ७३४ जनाले आवेदन भरेको सबैभन्दा धेरै विद्यार्थी अर्थात यसपटक ८३ हजार ४२५ जना विद्यार्थी दीक्षित हुन योग्य भएका छन् ।
दीक्षान्तमा उपस्थित हुन नसक्ने विद्यार्थीलाई परिक्षा नियन्त्रण कार्यलय बल्खुबाटै प्रमाणपत्र वितरण गरिनेछ भने दीक्षान्तमा विभिन्न तहमा उत्कृष्ट स्थान हासिल गर्न सफल विद्यार्थीलाई पदक तथा प्रमाणपत्र वितरण गरिने छ ।