अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४९ | Colorodo: 23:04

‘मिस नेवाः११३७’ का लागि ३५ युवती चयन

बिआरटीनेपाल २०७३ पुष ११ गते ८:१० मा प्रकाशित

नेप्लिज फेशन होमद्धारा आयोजित १२ औं सृँखलाको ‘मिस नेवाः ११३७’को पहिलो चरणको छनौट आईतबार राजधानीमा सम्पन्न भएको छ ।  पहिलो चरणको छनौटमा ६० जना भन्दा बढी नेवार समुदायका युवतीहरु आएका थिए । जस मध्यबाट अन्तिम प्रतिस्पर्धीका रुपमा चयन भएका छन् ।

बढीमा ४२ प्रतियोगी राखिने भनिएको यो प्रतियोगिताका लागि बाँकी प्रतियोगी चयन गर्न आगामी शनिबार १ जनवरीको लागि दोस्रो अडिसन राखिएका नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी गराईन् ।

आईतबारको पहिलो अडिसनको निर्णायकहरुमा डा. शिक्षिता श्रेष्ठ, प्राईम बैंकका उप महाप्रबन्धक भाईराजा तुलाधर, पूर्व मिस नेवा सुनिता डंगोल, जिवेश्वरलाल श्रेष्ठ, उृज्ज्वलकृष्ण श्रेष्ठ, कोरियोग्राफर रोजिन शाक्य र रोहिया महर्जन थिए ।

करिब डेढ महिनाको प्रशिक्षण पछि १२औं मिस नेवाको चयन आगामी २४ माघमा काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा भवनमा हुने पनि अध्यक्ष हेमा मानन्धरले जानकारी गराईन ।

प्रतिक्रिया