अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०१ | Colorodo: 12:16

क्यालिफोर्नियामा रहँदै आएका गीतकार हरिहर दाहालको ‘एउटा सपूत जन्मे हुन्थ्यो’ बजारमा

बिआरटीनेपाल २०७३ पुष १० गते ०:४५ मा प्रकाशित

क्यालिफोर्नियाको सनिभेलमा रहँदै आएका समाजसेवी तथा गीतकार हरिहर दाहालको राष्ट्रिय गीत एउटा सपूत जन्मिए हुन्थ्यो बजारमा आएको छ । देश प्रेमको भावनाले ओतप्रोत गीत एउटा सपूत जन्मिए हुन्थ्यो गायक तथा संगीतकार थानेश्वर गौतमको आवाजमा बजारमा आएको हो ।

क्यालिफोर्निया स्थित बे एरियामा रहेका नेपालीहरु माझ समाजसेवीका रुपमा परिचित दाहालले पछिल्लो समयमा देशको परिस्थितिलाई गीत मार्फत् सन्देश प्रवाह गर्न खोजिरहेका छन्। गीतमा पछिल्लो समयमा मुलुकमा फस्टाउँदै गएको लुटतन्त्र प्रति चिन्ता व्यक्त गर्दै ‘देश लुटि खाने कपुतहरु धेरै जन्मिए तर देश बनाउने सपुत कहिल्यै जन्मिएनन’ भन्ने केही आक्रोशित तथा राष्ट्रिय भाव समेटिएको एउटा सपुत जन्मे हुन्थ्यो गीतले स्रोताहरुमा देश प्रतिको जिम्वेवारी बोध गराउनेमा दाहाल बिश्वस्त छन् ।

प्रतिक्रिया