अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३६ | Colorodo: 03:51

‘हाम्रो प्यारो अर्घाखाँची’ गीत बजारमा (भिडियो सहित )

बिआरटीनेपाल २०७३ पुष ९ गते ८:५५ मा प्रकाशित

अर्घाखाँची जिल्लाको पालीमा जन्मिएर हाल बुटवलमा बस्दै लामो समय देखी कलाकारीता क्षेत्रमा रही बिशेषत: लोक दोहोरी गीतलाई प्राथमिकतामा राखी गीतहरू गर्देै आइरहेका गायक वसन्त लम्सालले आफ्नो परिकल्पनामा “ हाम्रो प्यारो अर्घाखाँची” गीत बजारमा ल्याएका छन् ।साथमा अर्घाखाँचीकै गायक गायिका विश्वास नेपाल, जमुना सनम, कल्पना श्रिपालको स्वरमा सजियाको छ । आफू जन्मिएको जिल्लालाई समेटी त्यहाँका कला संस्कृति रिति रिवाज र त्यहाँका पर्यटकीय, धार्मिक क्षेत्रलाई अर्घादरबार फिल्मस प्रा.ली को प्रस्तुतिमा तयार पारिएको हो ।
वसन्त लम्साल र विश्वास नेपालको शब्द , वसन्त लम्सालको लयमा तयार परेको गीत हाम्रो प्यारो अर्घाखाची,अर्घाखाचिको सान पर्यटकिय सम्मान जिल्ला लाई पर्यटकिय स्थल बनाउन र अर्घाखाचीलाई चिनाउन गरिएको यो अभियानमा जिल्लाका थुप्रै पर्यटकिय स्थानहरू सुपा देउराली अर्घाको दरबार, खाँची मैदान, मथुरा बेसी, बल्कोट पौवा , खिदिमको साततले गुफा, फुदवाङ , खन को जालकाडा , पृथ्वी नारायण शाह को मावली डिहिडाडा श्री चन्द्र प्रभा उ मा बि त्यसै गरी पाली को कमला उ.माबी , ठाडाको डमरु दह , नरपानी चुन ढुङगा , थुप्रै ठाउँमा गई छायाङ्कन गरेको गीतमा अर्घाखाची कै कलाकार शीतल के.सी , सुरुची रायमाझी , बाबुराम भुषाल , बबिन नेपाल , यबराज थापा , सहयोगी बि.सी, राजु खड्का लगायतको अभिनय रहेको छ ।

 

प्रतिक्रिया