अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३२ | Colorodo: 02:47

पूर्ब राजाको पक्षमा राजाबादीहरु सडकमा उत्रदैं

बिआरटीनेपाल २०७३ पुष ७ गते ०:५४ मा प्रकाशित

पूर्ब राजा ज्ञानेन्द्र शाह र राजसंस्थाको पक्षमा राजाबादीहरु सडकमा उत्रने भएका छन् । दरबार निकट मानिने राष्ट्रिय सरोकार मंच नेपालको अगुवाईमा उनिहरु आज भेला हुने र सडकमा उत्रने भएका हुन् ।

हिजो बुधबार पूर्ब राजाले जारी गरेको बक्तब्यको स्वागत गर्दै र राजसंस्थाको सर्मनका लागि सडकमा उत्रन लागेको राष्ट्रिय सरोकार मंच नेपालले जनाएको छ । मंचका अध्यक्ष सोम बिक्रम सिंहका अनुसार आज साँझ ४ बजे उनिहरु रत्नपार्क स्थित शान्तिबाटिकामा भेला भएर प्रदर्शन गर्नेछन् ।

उनिहरुले यस कार्यक्रममा सम्पूर्ण राष्ट्रवादी, धर्म तथा संस्कृति अभियन्ताहरु, राजसंस्थाप्रति झुकाव तथा आस्था र भरोसा राख्ने शक्ति तथा आम नागरिकहरुलाई सहभागिताको लागि आग्रह पनि गरेका छन् ।

यस्तो छ सरोकार मंचले आफ्नो फेसबुक पेज मार्फत प्रेशित गरेको सूचना ।

श्री ५ महाराजाधिराज सरकारबाट देशवासीलाई दिईबक्सेको सन्देशले नेपाली जिवनशैलीको प्रतिविम्व एकआपस बिचको सद्भाव, राष्ट्रिय एकता , आफ्नो मौलिक पहिचान, देशको अक्षत अस्तित्व , मौलिक चिन्तन दर्शन परम्परा तथा चिनारी, भाषा, धर्म संस्कृति एवं त्यसले बोकेको आस्था र विश्वास नै बलियो जग रहेको र यस्ता रीतिथिती ,सहिष्णुता, सहअस्तित्व र पद्धतिसँग जोडिएको यावत् विषय नै लौकिक सत्ता रहेको सन्दर्वलाई उजागर गर्दै, दुर्भाग्य आजको वस्तुगत धरातल बाह्य शक्तिको अनुचित प्रभावमा अस्थायी सत्ता र लौकिक सत्ता कमजोर क्रमश कमजोर हुँदै गईरहेको र नेपाललाई अस्थिरता र अराजकताको आगोले क्रमशः जलाइ रहेको र आज नेपालीबीचको सद्भाव मेटिदैछ भने तराई पहाड र हिमालमाझको ऐक्यभाव तोड्ने भगीरथ प्रयत्न भईरहेको कटु यथार्थको चित्रण गरिबक्सेको वक्तव्य स्वागत गर्न योग्य रहेको तथा यस राष्ट्रको प्राचिन सभ्यता, धर्म संस्कृतिलाई समेत ओझेलमा पार्ने खेलमा क्रान्तिकारी , परिवर्तनकारी बलिदानी आदी शब्दभावको दरुपयोग गरी सहअस्तित्व अस्वीकार गरी निषेधको राजनीतिले सम्पूर्ण जनतालाई समेट्न नसक्ने ठहरको जीकिर राष्ट्रवादी शक्तिको विश्लेषणको समरुप रहेकोले यसको मनन गरी उक्त्त विज्ञपतीको स्वागत गर्दै स्वागत कार्यक्रमको आयोजना राष्ट्रिय सरोकार मञ्च, नेपालको अग्रतामा सम्पूर्ण राष्ट्रवादी शक्तिको एेक्यबद्धतामा हुन गईरहेको सुचनाका साथ समपूर्ण राष्ट्रवादी, धर्म तथा संस्कृति अभियन्ताहरु, राजसंस्था प्रति झुकाव तथा आस्था भरोसा राख्ने शक्तिलाई निम्न समयमा निम्न स्थानहरुमा उपस्थिति जनाई कार्यक्रम भव्यका साथ सम्पन्न गरी दिनुहुन हार्दिक आव्हान गरिन्छ ।
राष्ट्रिय सरोकार मञ्च, नेपाल
सोम बिक्रम सिँह ( अध्यक्ष )
स्थानस् शान्ति वाटिका रत्नपार्क
समय: ४:०० बजे

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू