अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३२ | Colorodo: 11:47

‘पामाकेयर नेपाल्स स्टार मोडल–२०१६’ को ट्यालेन्ट राउण्ड सम्पन्न-फिनाले पौष ८ गते  

बिआरटीनेपाल २०७३ पुष ५ गते १:२६ मा प्रकाशित

‘पामाकेयर नेपाल्स स्टार मोडल–२०१६’ को ट्यालेन्ट राउण्ड गत शनिबार सम्पन्न भएको छ भने उक्त सौन्दर्य प्रतियोगिताको फिनाले यही आउँदो पौष ८ गतेराष्ट्रीय नाच घर जमलमा हुने कुरा सिद्दि मिडिया प्रालिका अध्यक्ष अमित शाहले गराएका छन l

यही पुष महिनाको पहिलो हप्ता ८ गते फिनाले सम्पन्न हुन लागेको ‘पामाकेयर नेपाल्स स्टार मोडल–२०१६’ मा कोरियोग्राफी नेपाल्स फेस अफ द इयर २०१६का बिजेतादिवस धिताल र देबी अकौलियाले गरेका छन् l बृहत सौन्दर्य प्रतियोगिता “पामाकेयर नेपाल्स स्टार मोडल–२०१६” सिद्दि मिडिया प्रालिले पहिलो पटक नेपालमा आयोजनागरेको हो l सम्पूर्ण नेपालीहरुको जात, भाषा,धर्म र सस्कृतिलाइ समेटेर आयोजना गर्न लागेको यस प्रतियोगितामा बिद्यार्थी, घरायसी, कामकाजी, शिक्षिक कर्मचारीब्यबसायी हर तप्काका पुरुष र महिलाहरुले भाग लिएका र यस प्रतियोगिता बाट फाइदा लिएका  छन् l

प्रतियोगिताका लागि छनौट युवा युवतीहरुलाई एक महिना सम्म लामो विशेष प्रशिक्षण प्रदान गरिएको थियो भने जसमा नेपालका ख्याति प्राप्त ट्रेनर, सेलिब्रेटी कलाकार  र चर्चित मोडलहरु  बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसनक्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिइएको थियो।

प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई पिकनिक तथा बिभिन्न रमणीय स्थानहरुको समेतभ्रमण गराइएको थियो भने अन्य गतिविधीमा समेत सहभागि गराइएको जानकारी सिद्दि मिडिया प्रालिका अध्यक्ष अमित शाहले गराए ।यस सौन्दर्य प्रतियोगीतालेसम्पुर्ण  बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनि बिस्वस्त छन ।पामाकेयर नेपाल्स स्टार मोडल–२०१६को कोरियोग्राफी चर्चित मोडल, विभिन्न अन्य सौन्दर्य प्रतियोगिताहरुमा कोरियोग्राफी गरेर चर्चा बटुली सकेका कोरियोग्राफर तथाफेस अफ द इयरका बिजेता दिवश धिताल र देबी अकौलियाले गरेका छन l

प्रतिक्रिया