अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१८ | Colorodo: 23:33

गायक गोपाल रिसालको ‘लाग्यो प्रेम रोग’ मा नायिका अशिश्मा नकर्मी (भिडियो सहित)

बिआरटीनेपाल २०७३ पुष ५ गते १:१० मा प्रकाशित
नायिका अशिश्मा नकर्मी युबा पुस्तामा रुचाईएकी नायिका हुन । अत्यस्तै मिलनसार नायिकाको ट्याग लागेकी अशिश्मा नकर्मी यतिबेला एउटा म्युजिक भिडियोमा देखा परेकी छिन् । नव गायक गोपाल रिसालले ‘लाग्यो प्रेम रोग’ नामक गीतको म्युजिक भिडियोमा उनी देखिएकी हुन ।unnamed-4
भिडियोमा मोडेल दिपकले नायिका अशिश्मालाई प्रेमजालमा फसाउन गरिएको प्रयासलाई रोमान्टिक कमेडी ढंगबाट देखाउन खोजिएको छ । दिनेश सुबेदीको शब्द राज शुक्र लिम्बुको संगीत , बाबुल गिरीको संगीत सम्योजनमा तयार भएको गीतमा अशिश्मा नकर्मी , दिपक तामाङलाई देख्न सकिन्छ ।unnamed
अमृत सुनुवारको छायांकनमा माधव बेल्बासेमा सम्पादन गरेको भिडियोलाई संचारकर्मी तथा निर्देशक नब ढुंगेलले निर्देशन गरेका हुन । निर्देशक ढुङेल पछील्लो समय सफल म्युजिक भिडियो निर्देशनमा चर्चित छन । ४ दर्जन म्युजिक भिडियो तथा आधा दर्जन बिज्ञापन निर्देशन गरिसकेका उनी आर्टिस्टनेपाल डट कमका प्रधान सम्पादक पनि हुन ।
आर्टिस्ट नेपालले बजारमा ल्याएको यस गीत तथा भिडियोलाई आर्टिस्ट नेपाल प्रोडक्सनले निर्माण गरेको हो ।

 

प्रतिक्रिया