अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५२ | Colorodo: 04:07

‘थ्रि मङ्किज’ चलचित्रको पहिलो गीत ‘बर पिपल छाँयाले’ सार्वजनिक (भिडियो सहित)

बिआरटीनेपाल २०७३ पुष ४ गते ८:५३ मा प्रकाशित

नेपाली चलचित्र ‘थ्रि मङ्किज’को पहिलो गीत सार्वजनिक गरीएको छ । ‘बल पिपल छाँया’ले बोलको गीतको भिडियोलाई सोमबार चलचित्र युनिटले सार्वजनिक गरेको हो ।
सार्वजनिक गीतमा सन्तोष सुनाम र आकांक्षा बस्यालले स्वर दिएका छन् भने नायिका सरिना बयलकोटीको साथमा रेशम फिरीरी, सरोज केसी र दिलिप तामाङ्ग लगायतले भिडियोमा नृत्य गरेका छन् । गीतमा गोपाल अधिकारीको शब्द संगीत रहेको छ ।
‘थ्रि मङ्किज’को सार्वजनिक यस गीत यसभन्दा अघिका निकै चर्चित चलचित्र ‘वडा नं ६’ र ‘छक्का पञ्जा’ को ‘सुर्खे थैली खै’ र ‘पुर्व पश्चिम रेल’ कै शैलीमा निर्माण भएजस्तो देखिन्छ । त्यसले गर्दा पनि छोटो समयमै लोकप्रिय बन्न सक्ने सम्भावना देखिन्छ ।
भाईराम श्रेष्ठको निर्देशनमा तयार भएको यस चलचित्रमामा तिन पात्र रेशम फिरीरी, सरोज केसी र दिलिप तामाङ्गलाई थ्रि मङ्किजको रुपमा देखाइएको छ । चलचित्रको कथा सरोज केसीले लेखेका हुन् । । चलचित्रलाई निरेन श्रेष्ठले निर्माण गरेका हुन् भने साथै जनकराज अधिकारी कार्यकारी निर्माता हुन् । चलचित्रलाई जनकराज अधिकारीले खिचेका हुन् ।

चलचित्रको रिलिज मिति भने चलचित्र युनिटले घोषणा गरीसकेको छैन ।

प्रतिक्रिया