अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०२ | Colorodo: 21:17

गीतकार राकेश काफ्ले र गायक रमेश कडेल जोडिएको ‘प्रयास’ अमेरिकामा बिमोचन हुने

बिआरटीनेपाल २०७३ पुष ४ गते ७:०५ मा प्रकाशित

गायक रमेश कडेलको गीती संग्रह ‘प्रयास’ बजारमा आउने अन्तिम तयारीमा छ । गीतकार राकेश काफ्लेको एकल शब्द र गायक रमेश कडेलको एकल आवाजमा रहेको ‘प्रयास’लाई सि. डि. एम. म्युजिक क्रियशनले बजारमा ल्याउन लागेको हो ।

गीतिएल्वम ‘प्रयास’ यही 4th January 2016 का दिन अमेरिकाको Ohio राज्य अन्तर्गत Cincinnati सहरमा “Barsha Best Performer 2K16” को Grand Finale कार्यक्रम सगै बिमोचन गरिने जानकारी ‘प्रयास’ युनिटले दिएको छ ।

प्रयास टिमले सम्पुर्ण स्रोता, दर्शक, शुभचिन्तक आफन्त र प्रतक्ष्य वा अप्रतक्ष्य रूपमा ‘प्रयास’लाई बजार सम्म ल्याउन साथ दिनुहुने सबैप्रति आभार पनि ब्यक्त गर्नुका साथै बिमोचन कार्यक्रमलाई सफल बनाउन जुटिरहेका भानु फुँयाललाई धन्यवाद दिएको छ ।

 
‘प्रयास’एल्वमका गीत, संगीतकार,संगीत- संयोजक यस प्रकार छन् 

(१)
खोज्ने छन्  ती नयनले मलाई,यो सहर मैले छाडेपछि
सोध्ने छन् ती धड्कनले मलाई,यो सहर मैले छाडेपछि।
-संगीत:सि.डि बिजय अधिकारी
-संगीत संयोजक:किरण कडेल

(२)
मुटू फोडी जानेलाई नाता तोडी जानेलाई
बिर्सौ कसरी म? सपना गोडी जानेलाई।
-संगीत:राजू कार्की
-संगीत संयोजक: बिष्णु अधिकारी

(३)
होस् उडायो निन्द भगायो डिम्पल गालैले
(हलचल)२ यो मन गरायो डिम्पल गालैले।
-संगीत:बसन्त सापकोटा
-संगीत संयोजक:उदयराज पौडेल

(४)
हात समाई घुमाैंला….मैयाँ,न्यूयोर्क सहरमा
सेल्फी खिच्दै रमाउँला मैयाँ,न्यूयोर्क सहरमा
-संगीत:सि.डि बिजय अधिकारी
-संगित संयोजक:उदयराज पौडेल

(५)
हर्राबोटे……………साईली!!!  ए हर्राबोटे साईली
नमानी लाज,दिल खोल आज ए हर्राबोटे  साईली।
-संगीतकार: रमन गायक
-संयोजक:महाराज थापा

(६)

जवानीको रंग चडेर हो कि
लाजका गहना बढेर हो कि
तिम्रो लजाउने Style बेग्लै….
-संगीत:सि.डी बिजय अधिकारी
-संगीत संयोजक:राजू कार्की

प्रतिक्रिया