अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५५ | Colorodo: 08:10

केशर माङयुङको नयाँ गीत: जसलाई तिमी भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७३ पुष ३ गते २२:५५ मा प्रकाशित

१२ वर्ष मलेसियामा बिताएर नेपाल आई “परिवेश” एल्बमको तयारी गरिरहेका गीतकार केशर माङयुङको नयाँ गीति भिडियो जसलाई तिमी माया गर्छौ सार्वजनिक भएको छ । नेपाली सङ्गीत क्षेत्रमा उदाउँदै गरेको पछिल्लो सङ्गीतकार तथा गायक अनुज कुलुङको सङ्गीत र स्वरमा यो गीत एल्बमका रूपमा आउन लागेको हो । अनुजको यो अघि आफ्नै स्वरमा पछ्यौरीले मुख छोप्दै भन्ने गीत अनुरोध एल्बममा डेब्यू गरेपछिको दोस्रो गीत हो ।

केशर माङयुङकै शब्दमा परिवेश एल्बमको लागि झारिसके आँसु मैले, तिमीसँग केही कुरा, रामनवमी बजार आउनु है माया, आमा बोलको गीतहरू रेकर्ड भई भिडियो पनि तयार भैसकेको बताउँछन् गीतकार केशर । आम मानिसको जीवन भोगाईलाई गीतमा समेट्दै नाम र दामको लागि भन्दा पनि आफ्नो आत्मसन्तुष्टिको लागि गीत सङ्गीत क्षेत्रमा लागेको बताउछन् आफूलाई ।

यो गीतलाई राज चाम्लिङले भिडियो निर्देशन गरेका हुन् भने खगेन्द्र पन्धाक लिम्बुले सम्पादन गरेका हुन् । भिडियोमा गीतकार केशर माङयुङ, युनिशा राई, अभिषेक केरुङ, दीपा योङहाङले माडलिङ गरेका छन् । निर्माता शान्ता योङहाङले यो गीतलाई निर्माण गरेका छन् ।

https://www.youtube.com/watch?v=pXqfIkIQlwE

प्रतिक्रिया