अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३३ | Colorodo: 04:48

अपाङ्ग तथा अनाथहरुको साहारा बन्दै सोलुखुम्बुका देन्डी शेर्पा

बिआरटीनेपाल २०७३ पुष ३ गते ८:१७ मा प्रकाशित

जीवन -आफ्नो लागी मात्र त पशुले पनि बाचेको हुन्छ यहाँ, अरुको लागि पनि बाचेर हेर त, जीवन कति सुन्दर छ अनि अरुको लागि बाचेर पाउनेखुसि नै आनन्द हो, सत्य हो र अनि धर्म पनि हो । यहि सत्मार्गलाइ सत्यतामा बदलेर सफल बनाउदै छन सोलुखुम्बुका समाजसेबी देन्डी शेर्पा अपाङ्गहरु तथा साहाराबिहीनका साहारा बनेर।

काठमाण्डौको कपनमा अबस्थित बाल अपाङ्ग टेवा संस्था शरिरिक अपाङ्गता भएका बालबालिकाको क्षेत्रमा काम गर्ने एक उदारणीय संस्था हो। यस संस्थाले शरिरिकअपाङ्गता भएका बालबालिकाहरुको शिक्षा,स्वास्थ्य  उपचार तथा पुर्नस्थापनाका लागि बिगत दश बर्ष देखि काम गर्दै आइरहेको छ । यस संस्थाले १९ जना विभिन्नविकट ग्रामिण जिल्लाका शरिरिक अपाङ्गता भएका बालबालिकाहरुलाई आश्रय स्थल दिनुका साथै सम्पुर्ण शारीरिक बिकासको लागी शिक्षा दिक्षा गॉस बॉस कपासको ब्यबस्था गर्ने कार्य गर्दै आएको छ त्यसको साथै अन्य दश जनालाई शिक्षा दिने काम गरीरहेको छ।

पर्यटन ब्यबसायी देन्डी शेर्पा आफै सानै उमेर देखि साहरा बिहीन भएर दुख कष्ट भोग्दै ट्रेकिंग पेशा गर्थे, पर्यटकहरु संग काम गर्दै जादा बिभिन्न ठाउमा अपाङ्ग अनाथबाल बच्चाहरुको बिजोक देख्थे देन्डीले, अनि कति यस्तै अपाङ्ग अनाथ संस्थाहरुमा बिदेशीहरुको साथमा स्वयंसेवकको काम पनि गरे र त्यहा भएका पीड़ा दुख कष्टलाइनजिक बाट नियाल्ने मौक़ा पनि पाए समाजसेवी शेर्पाले l

आफु साहराबिहीन भएर बाच्नु परे पनि अन्य अनाथ अपाङ्ग अनि  सहाराबिहीन बालबालिकाहरुले सहारा प्राप्त गरुन राम्रो शिक्षा हासिल गरुन  भन्ने अभिप्रायले  सन२००६ मा  देन्डी शेर्पाले बाल अपाङ्ग टेवा संस्था स्थापना गरी आफुले पर्यटन ब्यबसायबाट कमाएको रकमले अपाङ्गहरुको लागी काम गर्न शुरू गरेर उनले अहिले १९जना अपाङ्ग बालबालिकाहरुलाई खान, बस्न सुविधा सहित शिक्षा दिइरहेका छन ।

देन्डी शेर्पाले अहिले २० बर्षका लागि चार रोपनी जग्गा भाडामा लिएर अपाङ्ग बाल टेवा संस्थाको कार्यालय स्थापना गरेका छन । आफनो आर्थिक अवस्थाले भ्याएसम्मअपाङ्ग मैत्री, वातावरण मैत्री र वालमैत्री भवन बनाउने प्रयास गरेका छन । जसले गर्दा अपाङ्ग बालबालिकाहरुलाई भईपरि आउने आपत बिपत पर्दा उद्दार गर्न सजिलोहोस l महिलाहरुका लागि छुट्टै होस्टल रुम, टवाइलेट, बनाएका छन भने पुरुषहरुका लागि छुट्टै होस्टल रुम तथा टवाइलेटको व्यवस्था गरेका छन भने पुस्तकालय भान्छा कोठा सबै व्यवस्थित तरिकाले बनाएका छन । फिजियोथेरापि सेन्टर पनि बनाउने सोच लिएका देन्डी शेर्पाले आर्थिक अभावका कारण फिजियोथेरापी मेसिन किन्न नसकेको बताउछन ।unnamed-1

आहिलेसम्म अपाङ्ग बाल टेवा संस्थालाइ खासै ठुलो कही कतै बाट सहयोग प्राप्त भने भएको छैन। देन्डी शेर्पाले आफ्नै पहलमा तथा आफ्नै पर्यटन ब्यबसाय र यहीसंस्था र संस्थामा आश्रित बालबालिकाको सहयोगार्थ भनी गार्मेन्टको संचालन गर्दै त्यहा बाट भएको फाइदा तिनै अपाङ्ग बाल बालिकाहरुको लागि खर्च गर्दै आएका छनl उनले उक्त गार्मेन्टमा पनि एकल महिला तथा पुरुषहरुलाई रोजागारी प्रदान गरेर अर्को एक समाजसेवा समेत गर्दै आएका छन l उक्त गार्मेन्टबाट उनले ट्रकिंग जादाचाहिने सामग्री देखि खेलकुदका कपड़ाहरु उत्पादन गरेर सेवाग्राही देखि लिएर अपाङ्ग बालबालिका समेतलाई सेवा प्रदान गर्दै आएका छन l आफनै खर्चमा यति ठूलोसामाजिक कार्यमा हात हालेका छन । तर उनलाई सहयोग गर्ने कोही छैन । अपाङ्ग बाल टेवा संस्थामा चाहिने हरेक सामाग्री उनी आफैले जोहो गर्दै आएका छन l आफ्नैसंस्थाको कम्पाउंड भित्र उनले ब्याडमिन्टन, वास्केटबल टिटीबल खेलाउनको लागि उनले मैदान तयार गरेका छन तर केहि आर्थिक अभाबले गर्दा उनले त्यों कुरा हरु पुरागर्न सकेका छैनन ।

देन्डीले यस अपाङ्ग बाल टेवा संस्था मार्फ़त  ४ जनालाई प्रत्यक्ष रोजगार समेत दिएका छन भने उनकी श्रीमती माया शेर्पाले देन्डीलाई उनको काममा साथ र  सहयोगगर्दै आएकी छन । आफुले पढ़न नपाए पनि उनको उद्देश्य भनेको अनाथ अपाङ्गहरुलाई शिक्षा प्रदान गरी आफ्नो खुट्टामा उभिन सक्ने बनाउनु हो l  देन्डी आफु निरक्षरभएर पनि २९ जना बालबालिकालाई साक्षर बनाएका छन । उनको यो एक्लो प्रयासले अपाङ्ग बालबालिकाहरुको क्षेत्रमा ठूलो सहयोग पुगेको देखिन्छ। तर आफु कुनै श्रोतबिना पनि समाजमा सकारात्मक काम गरे पनि सरकारी तबर बाट कुनै केहि सहयोग प्राप्त नगरेकोमा दुख ब्यक्त समेत गरेका छन l

२००६ देखि २०१६ सम्ममा उनले अन्य सामाजिक कार्यहरु जस्तै बाल शिक्षा, सिलाई तालीम, अनौपचारिक शिक्षा, बालबिकाश केन्द्र, धुवारहित चुलो, बिद्यालय भवननिर्माण, आकाशे पानी संकलन, सौर्य उर्जा श्रब्यदृश्य पुस्ताकालय, कम्प्युटर, जैविक फोहोर ब्याबस्थापन र कौसी करेसा तालीम प्लाष्टिक ब्याग हटाउ अभियान, भुकम्पराहत तथा जस्ता बितरण, कृषि तालीम, लघुवित्त तालीम, मैनबत्ती उत्पादन तालीम जस्ता बिभिन्न आयमुलक समाजसेवामा प्रत्यक्ष १४,५१२ जाना लाभान्वित समेतभएका छन l

हामी र हाम्रो नेपाली समाजमा अपाङ्गहरुलाई हेर्ने दृष्टिकोण फरक छ, समाजले हेर्ने दृस्टीकोणमा हेयको भाब छ l  शारीरिक अपांगता भएको साथीहरु कुन हालतमा छनहोला भनि जुन सुकै हालतमा भए पनि आनाथ तथा अपाङ्गहरुको सेवा र उद्दार गर्ने हेतुले सन् २००६ मा बाल अपाङ्ग टेवा संस्था भन्ने सस्था दर्ता गरि संचालन गर्दैआएका शेर्पाले  दश बर्षको अन्तराल धेरै दुख र पीड़ा पनि भोगे l  यो समाजमा जति नै उदारणिय काम गरेनि जति नै राम्रो काम गरेनि राम्रो काम गर्ने लाइ प्रोत्सान रसहयोग मिल्न गाह्रो पर्दो रहेछ यहि यथार्थ भोग्दै आएका छन शेर्पा ।

देश विदेशमा रहनु भएका नेपाली दाजु भाई तथा दिदि बहिनिहरु बाट धेरै थोरै सहयोग प्राप्त भएनि सस्था चलाउन गाह्रो परेको कुरा यस सस्थाका सस्थापक अधक्ष्य देन्डी शेर्पाले बताए। सरकारी तबरबाट केहि सहयोग नपाएको कुरा शेर्पा बताउछन।

हामी संधै केहि गर्न सकेनौ भन्छौ -जीवनमा, राम्रो काम गर्न सकेनौ भन्छौ । तर कमसेकम राम्रो काम गर्नेलाइ साथ त दिन सक्छौनि, त्यसो भए तपाइहरु पनि आफ्नोक्षेत्र बाट अपाङ्ग, आनाथ बालबालिका साहारा बिहिन दुखिलाई आफ्नो आफ्नो क्षेत्र बाट सक्दो सहयोग गरौ, अनि जिबनमा पुण्य कमाऊ, राम्रो काम गर्ने लाई साथ दिउ, हातमा हात मिलाई अगाडी बढौ l न यहा राम छन्, न यहाँ बुद्ध आउछन् न त कृष्ण नै, यहा केवल असल मान्छे जन्मिन्छन् देवको प्रतिनिधित्व गरेर जो तपाई पनिहुन सक्नु हुनेछ तपाईको आत्मा भित्र नि देबत्तो बसेको हुन सक्छ l

देन्डी शेर्पा समाजका एक उदारणिय व्यक्ति हुन कुनै बाहिरि आर्थिक श्रोत नहुँदा पनि उनले आफ्नो जोस जागर र हिम्मतले आज यो समाजलाइ एक सबल व्यक्तिले पनिगर्न गाह्रो हुने काम गर्दै  बाल अपाङ्ग टेवा संस्था भन्ने सस्था मार्फत १९ जना अपाङ्ग बालबालिकालाइ आश्रय दिदै आएका छन l  जसलाइ प्रतक्ष्य भेट्दा हाम्रो मनरुन्छ, सबै बालबालिकाहरुमा शारीरिक अपाङ्गता छ, जो आफैमा बोल्न ,हिड्न, खान सकेका छैनन सहयोग हरु कतै बाट नपाइ रहेको अवस्था छ कस्तो पिडा होला योसस्थालाइ अनि ति पिडितलाइ हुने खाने सस्थालाइ मात्र सबै बाट सहयोग मिल्छ, सहयोग खोज्न जाने काहा ? यस्तै प्रश्न को उत्तर खोज्दै छन अधक्ष्य  देन्डी शेर्पा उनीयो सस्थाको सस्थापक तथा अधक्ष्य रहेका छन । यदि कोहि समाजसेवी व्यक्तिहरु कुनै संघ सस्था, मनकारीहरु ले सहयोग गर्न चाहनु हुन्छ भने सस्था का अधक्ष्य श्रीदेन्डी शेर्पाजी लाइ सम्पर्क राख्न सक्नु हुनेछ धन्यवाद।

सम्पर्कको लागि

बाल अपाङ्ग टेवा संस्था कपन-१४ फोन न. 977-1-4821419, 9779851047773 ईमेल :info@cdcakapan.org

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू