अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४१ | Colorodo: 14:56

गायक मोहन राईले ल्याए लाहुरेको गीत (भिडियो सहित)

बिआरटीनेपाल २०७३ पुष २ गते ९:३९ मा प्रकाशित

गायक मोहन राईले आफ्नो पछिल्लो गीतिसँग्रह ‘कस्तो सपना’ मा समेटेको चर्चित गीत ‘अरुले लाहुरे भने पनि तिमीले पराई नभनिदिनु…गीतको भिडियो दर्शकमाझ ल्याएका छन् । उनले सामाजिक सञ्जाल यु ट्युव माफर्त शुक्रबार यो गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

यो गीतलाई डिआईजी नवराज सिलवालले लेखेका हुन् । जसमा शुरेश अधिकारीको संगीत छ । जसमा लाहुर गएका नेपालीहरुको परिवारसँगको सम्बन्धलाई दशाईएको छ ।unnamed-1

गीतमा बिमलेश अधिकारी, सारिका घिमिरेले पती पत्नीको भूमिका निर्वाह गरेका छन् । कुमार महर्जन यसमा पिताको भूमिकामा छन् । बिदुर पाण्डेले छायाँकन गरेको यो भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका हुन् । जसको निर्देशक डब्बु क्षत्री हुन् ।

बिदेशबाट घरमा आएका लाहुरे पतिले नेपाल बसाईको छोटो समयमा पत्नीलाई खुसी पार्न दिएको मायाँलाई भिडियोमा समेटिएको छ । गीत र भिडियोलाई दर्शकले रुचाउने विश्वास लिएको गायक मोहन राईले बताए ।

प्रतिक्रिया