अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३८ | Colorodo: 02:53

गायक प्रसान्त तामाङ ‘नेपलिज धमाका-२०१७’का लागि साइप्रस आउँदै

बिआरटीनेपाल २०७३ मंसिर ३० गते २:४० मा प्रकाशित

दोस्रो इन्डियन आइडल तथा चर्चित गायक प्रसान्त तामाङ ‘नेपलिज धमाका २०१७’ का लागि साइप्रस आउने भएका छन् । साइप्रसको ब्रिटिश गुर्खा समुह र अकि गाइजको आयोजनामा आउँदो २०१७ इ.स.को ५ फेब्रवरीका दिन साइप्रसको लिमासोलमा हुने ‘नेपलिज धमाका-२०१७’का लागि प्रसान्त आफ्नो प्रस्तुती दिन पहिलो पटक साइप्रस आउन लागेका हुन् ।

गायक तथा नायक प्रसान्त तामाङले ‘नेपलिज धमाका-२०२७’ मा आफ्ना चर्चित नेपाली गीतहरु साथै हिन्दि गीतहरु पनि प्रस्तुत गर्नेछन। इन्डियन आइडल भएपछि नेपालीहरुको माया पाएर विश्वका थुप्रै मुलुकमा आफ्नो प्रस्तुति देखाईसके पनि प्रशान्तको साइप्रस यात्रा पहिलो पटक हुँदैछ । आफुलाई साइप्रसबासी नेपालीहरु माझ प्रस्तुत गर्न पाउँदा असाध्यै खुसी लागेको बताउँदै उनले कार्यक्रममा उपस्थित भएर आफुलाई साथ दिन सम्पूर्ण साइप्रसवासी नेपालीहरुलाई आग्रह गरेका छन् ।

यसअघि नेपलिज धमाका २०१६ र समर ब्लास्ट २०१६ जस्ता सफल कार्यक्रम मार्फत अहिलेका चर्चित गायक राजेशपायल राई, गायिका मौसमी गुरुङ र हाँस्य कलाकार विल्सनबिक्रम राईलाई साइप्रसवासी नेपालीहरुको माझ प्रस्तुत गरिसकेको साइप्रसको ब्रिटिश गुर्खा समुह र अकि गाइजले अघिल्ला कार्यक्रममा देखिएका कमि कमजोरी सुधारेर यो पटकको कार्यक्रम भब्य बनाउने तयारी गरिरहेको छ ।

पन्ध्र यूरो टिकटदर रहेको कार्यक्रम स्थल सम्म आउने –जाने व्यवस्था सहित डीनरको समेत व्यवस्था गरिएको उक्त कार्यक्रममा स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने छ भने साइप्रसमा चर्चित डिजे तथा आयोजक कमिटिका एक सदस्य डिजे जेजेले सांगीतिक कार्यकर्म लगतै आफ्नो डिजे धुनमा दर्शकहरुलाई नचाउनेछन् ।आयोजक सदस्य डिजे जेजेले भने “कार्यकमलाइ भब्यरुपमा सम्पन्न गर्न हामी लागिपरेका छौ साथै सम्पुर्ण साईप्रसबासी नेपालीको साथ र सहयोगको पनि अपेक्षा गरेका छौं ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू