अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३० | Colorodo: 21:45

वसन्त वित्यासी र राजु सिंह संगै ‘बादल भित्र जून’मा (भिडियो सहित)

बिआरटीनेपाल २०७३ मंसिर २८ गते ४:०९ मा प्रकाशित

वरिष्ठ सङ्गीतकार राजु सिंहको संङ्गीत, गीतकार धनवीर थापाको शब्द र दीपक लिम्बुको स्वर रहेको गीत ‘बादलभित्र जून लुकेको बेला…’ भिडियो सार्वजनिक भएको छ । भिडियोलाई युट्यूव मार्फत सार्वजनिक गरिएको हो ।unnamed-12

धुलिखेलका विभिन्न रमणिय दृष्य समावेश गरिएको यो म्युजिक भिडियोमा नायिका सारिका घिमिरे र मोडल दिनेश केसीले अन स्क्रिन रोमान्स गरेका छन् । सञ्जय पाण्डेको निर्देशन रहेको यो गीतको भिडियोलाई राजेन्द्र पाण्डे र नवराज उप्रेतीले छायाँकन, तथा सम्पादन राजेन्द्र पाण्डेले गरेका छन् । बरिष्ठ गीतकार वसन्त वित्यासी थापाको प्रस्तुती रहेको यो म्युजिक भिडियोलाई वेष्ट टोन म्युजिकले बजार ब्यवस्थापन गरेको छ ।

प्रतिक्रिया