अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२५ | Colorodo: 18:40

नयाँ प्रस्तुतिका साथ ‘नक्षत्र-७३ ब्याण्ड’ फेरि दर्शक माझ आउँदै

बिआरटीनेपाल २०७३ मंसिर २८ गते ३:४३ मा प्रकाशित

लामो समयको अन्तराल पछि नक्षत्र ७३ ब्याण्ड आफ्नो नयाँ प्रस्तुति लिएर श्रोता तथा दर्शक माझ आउने भएको छ । ब्याण्डका भोकलिष्ट गोविन्द राईद्धारा लिखित मेरो माया बोलको गीतको म्युजिक भिडियो अहिले पोष्ट प्रडक्सनको क्रममा छ । नेपाली सांगीतिक क्षेत्रमा मौलिक पप फ्लेबरका गीतहरु पछिल्लो समय सिर्जना हुन छाडेको चर्चा भैरहेको समयमा गायक राईको  मेरो माया बोलको गीत श्रोता तथा दर्शक माझ आउन लागेको हो ।unnamed-10

गीतको शब्द तथा संगीत संयोजन समेत गायक राईले नै गरेका छन् । रोहन नेपालीद्धारा निर्देशित भिडियोमा कलाकार सन्तोष तामाङ र मोडल मल्लिका चौलागाँई देखा पर्नेछन् । मिलन शंकरको छायाङ्कन रहेको भिडियो नयाँ वर्षमा रिलिज हुने बताइएको छ ।

प्रतिक्रिया