अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५६ | Colorodo: 18:11

प्रतिभा निखार्दै ‘रन वे मोडल-२०१६’का प्रतिस्पर्धी

बिआरटीनेपाल २०७३ मंसिर २८ गते ३:३३ मा प्रकाशित

पुसको पहिलो साता आयोजना हुने ‘रन वे मोडल २०१६’का सहभागीहरु अहिले प्रतिभा निखार्न व्यस्त छन् । विभिन्न अडिसनबाट छानिएका २० युवा र १५ युवती प्रतियोगी अन्तिम स्पर्धाका लागि अहिले प्रशिक्षणमा जुटेका हुन् ।unnamed-7

रन वे नेपालको आयोजनामा हुन लागेका प्रतियोगीता मोडलिङ प्रति रुचि भएका युवायुवतीको प्रतिभा प्रस्फुस्टन गराउँदै मोडलिङमा नयाँ आयाम थप्न र नेपाली प्लेटफर्ममा आवश्यक मोडल उत्पादन गर्न आयोजना गरिएको रन वे नेपालकी प्रमुख चाँदनी लामिछानेले जानकारी दिएकी छन् ।

प्रशिक्षणको क्रममा प्रतियोगीले ब्यक्तित्व विकास, रन वे नलेज, सेल्फ ड्रेस अप, फोटो सुट, सेलिब्रेटी गेष्ट क्लास (अभिनेता, अभिनेत्री तथा मोडल र मिडिया पर्सनबाट),पब्लिक स्पिकिङ, ग्रुमि सेसन, अन्र्तवार्ता सेसनलगायतका बिषयमा ज्ञान हासिल गरिरहेका छन् ।unnamed-8

फाइनल हुने प्रतियोगिताको विजेताले विभिन्न पुरस्कारका साथमा चलचित्र, म्युजिक भिडियो र विज्ञापन चलचित्र अभिनय अवसर पाउने छन् । प्रतियोगितामा शीर्षसहित एक दर्जन विधामा विजेता घोषणा गरिनेछ ।

प्रतिक्रिया