अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५३ | Colorodo: 21:08

KIMFF-2016 अन्तरगत सर्ट फिल्म प्रतियोगितामा ‘सवारी’ प्रथम, ‘कान्छी’ द्वितिय

बिआरटीनेपाल २०७३ मंसिर २७ गते ८:५१ मा प्रकाशित

इन्टरनेशनल फिल्म फेष्टिभल (KIMFF 2016) अन्तरगत सर्ट फिल्म प्रतियोगिता ‘Strengthening Nepal’s Public Services’  को प्रथम र दोश्रो अवार्ड एभरेष्ट फिल्म एकेडेमि का फ्याकल्टि मेम्बर बिष्णु कल्पित र बिद्यार्थी असिन पौडेलले हात पारेका छन् । ‘Strengthening Nepal’s Public Services’मा बिष्णु कल्पितको सर्ट फिल्म ‘सवारी’ ले प्रथम र  पौडेलको ‘कान्छी’ले  दोश्रो स्थान हात पारेको हो ।

यस्तै तेश्रो स्थान भने अमेश भण्डारीको ‘घट्टो’ले हात पारेको छ ।unnamed-1

सोमवार किम्फमा ७ वटा छोटा फिल्म प्रर्दशन गरिएको थियो । नेपालको शिक्षा प्रणलिको बिषय तेश्रो हुने ‘घट्टो’ले उठाएको थियो भने दोश्रो स्थान हासिल गर्ने ‘कान्छि’ले एक महिलाले बिहान ४ बजे देखि राति सम्म पानि , बिजुली , यातायात , सुरक्षा तथा स्वास्थ्यको क्षेत्रमा भोग्ने समस्यालाइ देखाउन खोजिएको छ । यस्तै प्रथम हुने सर्ट फिल्मले ‘सवारी’ले राष्ट्रपतिको सवारीको समयको सडक देखाइएको छ ।

प्रतिक्रिया