अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१६ | Colorodo: 21:31

मोडल राजेन्द्र लुईटेल प्रेमिका हत्याराको भूमिकामा (भिडियो सहित)

बिआरटीनेपाल २०७३ मंसिर २७ गते ४:१७ मा प्रकाशित

बहुप्रतिभाका धनी युवा मोडल राजेन्द्र लुईटेलले आफ्नै प्रेमिकाको हत्या गरी पागल भएका छन् । यो वास्तविकता नभई चर्चित गायक स्वरुपराज आचार्यको स्वरमा रहेको मृत्युपछिको भिडियो दृश्य हो । यस गीतमा भवानी पोखरेलको शब्द सृजनामा लालबहादुर सुब्बाको संगीत रहेको छ । गीतको एरेन्ज भने चन्डु गोर्खालीले गरेका हुन ।unnamed-2

किर्तिपुरको विभिन्न ठाउँमा छायांकन गरिएको यस म्युजिक भिडियोमा प्रेम, विछोड, आबेग र त्यसले निम्त्याएको परिणामलाई देखाउन खोजिएको छ । भिडियोमा पछिल्लो समय अभिनयमा ख्याति कमाउँदै आएका मोडल राजेन्द्र लुईटेल, अनिल श्रेष्ठ, सलिना आचार्य, रामकृष्ण श्रेष्ठ, दिनेश श्रेष्ठको अभिनय रहेको छ । युवा निर्देशक सञ्चारकर्मी नव ढुंगेलको निर्देशन रहेको भिडियोलाई अमृत सुनुवारले छायांकन गरेका छन् । भिडियो सम्पादनमा व्यस्त रहेका माधव बेल्बासेले भिडियोलाई सम्पादन गरेका छन् ।

प्रतिक्रिया