अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०६ | Colorodo: 04:21

नेपाली चलचित्र ‘पशुपति यात्रा’ को शुभमुहर्त सम्पन्न

बिआरटीनेपाल २०७३ मंसिर २६ गते १०:२६ मा प्रकाशित

आज चलचित्र पशुपति यात्राको शुभमुहुर्ते भद्रकाली मन्दिरमा सम्पन्न भएको छ । नेपाली जनजीवन कहानीमा आधारित नेपाली कथानक चलचित्र पशुपति यात्राको लेखक तथा निर्देशक विशेष पन्तको रहेको छ । पन्तका अनुसार अब छायांकन सुरु हुने भएको छ ।

मानिसको जीवन मरणको यथार्थ कहानीलाई पर्दा मार्फत दर्शक श्रोता माझ पुर्‍र्याउने उद्देश्यले यो चलचित्र बनाउन लागिएको पन्त बताउछन । शुभमुहर्त कार्यक्रममासूरबीर पंडित, हास्य कलाकार तथा जादुगर महादेब त्रिपाठी, रामचन्द्र अधिकारी, सुरेन्द्र केसी, ध्रुब बिस्को, राजीब धमला, नायिका सिम्पल खरेलको उपस्थिति रहेको थियो । pasupati-yatra2

यस चलचित्रमा हास्य कलाकार सुरेन्द्र केसी, सूरबीर पंडित, राम चन्द्र अधिकारी, जादुगर तथा हास्यकलाकार महादेव त्रिपाठी, जीवन लामा, मोहन विक्रम श्रेष्ठ, रेसम फिरिरी, सुरजनी केसी, संदीप सेन्चुरी, प्रेरणा महर्जन, लक्ष्मी श्रेष्ठ, शीतल केसी, राजेन्द्र गिरी, राजु सिंह, राहुल बराईली, सुदर्शन ढकाल, अन्जु थापा, बाल कलाकार आस्रिनि लामा, आशिष् लामा र सागर गैरेको चलचित्रमा अभिनय रहने भएको छ । याक इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुति रहेको यस चलचित्रका निर्माता तथा छायांकन मधुर बस्नेत हुन ।

 

pasupati

pasupati-yatra3

प्रतिक्रिया