अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५७ | Colorodo: 02:12

रिलिज मिती घोषणा संगै चलचित्र ‘मेरो देश’को पोस्टर र टिजर सार्वजनिक (टिजर सहित)

बिआरटीनेपाल २०७३ मंसिर २६ गते ८:५९ मा प्रकाशित

चलचित्र मेरो देशको प्रदर्शन मिती घोषणा गरेको छ । आगामी फागुन ६ प्रजातन्त्र दिवसको अबसर पारेर रिलिज मिती घोषणा गरेको चलचित्र मेरो देशले टिजर र पोस्टर पनि संगै सार्बजनिक गरेको हो ।

सार्बजनिक टिजर र पोस्टरमा कलाकारहरुको बिचमा राष्टिय झण्डा राखिएको छ ।राष्टियता झल्काउन चलचित्रले कलाकारहरुको बिचमा राष्टिय झण्डा राखेको हो ।

चलचित्रमा भक्तपुर, काभ्रे पलाञ्चोक, सिन्धुली, महोत्तरी, सर्लाही, रौतहट र बाराका मनोरम दृष्यहरू कैद गरीएको छ । देव नेपालले निर्देशन गरेको चलचित्रलाई ब्रोसीस ईन्टरटेन्मेन्ट प्रालीको ब्यानरमा निर्माण गरिएको हो भने चलचित्रमा नीशा अधिकारी, आयुष रीजाल, प्रज्वल गीरी, नीर शाह, धुर्ब कोईराला, पुष्पा पाण्डे, एक राज थापा, कृष्ण शिवाकोटी, किशोर झा लगायत कलाकारहरू मुख्य भुमीकामा रहेका छन ।
यसै चलचित्रबाट नव कलाकार एमी श्रीलाई चलचित्रमा डेब्यु गराईएको छ । उदय सापकोटा सुरेन कार्यकारी निर्माता एवं पार्वती मैनाली र प्रभाकर सापकोटा निर्माता रहेको यस चलचित्रमा नृत्याङ्गना द्वय दिपा थापा र एलीजा प्रधानको आकर्षक नृत्य पनि प्रस्तुत गरिएको छ ।

भ्रष्ट र अपारदर्शी राजनितिका कारण देश र जनताले भोगी रहेका प्रतिनिधि मुलक प्रतक्ष्य समस्या एवं दिन दुगुना रात चौगुना मौलाई रहेको भ्रष्टाचार र अपारदर्शीतालाई न्युनीकरण गरी देशलाई समुन्नतीको दिशा तर्फ लैजान आजका शिक्षीत युवाहरूको प्रयास र आधुनिक प्रविधिको प्रयोग लाई चलचित्रले मुख्य बिषय बनाएको छ । सरल र सहज तरीकाले आम नेपालीले मायां पीरतीकै भाकामा सजीलै बुझ्ने शैलीमा पुर्ण मनोरञ्जन लिन सक्ने गरी राष्ट्रीयताको संदेशले चित्रण गरिएको स्वच्छ मनोरञ्जन प्रदान गर्दै राजनिति तन्त्र र कर्मचारी तन्त्रलाई पारदर्शि बनाई समृद्ध नेपाल बनाउने अभियानमा जुट््दै आफु नेपाली हुनुमा गर्व गर्ने हरेक नेपालीलाई लक्षीत गरेर बनाईएको मेरो देश युनिटले बताएको छ ।

। चलचित्रमा निर्माता सुरेनका चार ओटा गीत रहेको छ भने बी.बी अनुरागीले संगीत भरेका छन । राम्जी लामीछाने र एलीजा प्रधानको कोरियोग्राफी रहेको यो चलचित्रमा द्वन्द राजु किराँतको रहेको छ ।

रवीन्द्र बरालले छायांकन गरेको मेरो देशलाई किरण राज थापाले सम्पादन गरेका हुन् । चलचित्रको बितरण काठमाण्डौ उपत्यकामा बालाजी फिल्म्स (सुनील मानन्धर) र उपत्यका बाहीर एफ डी कम्पनीले यो चलचित्रको बितरण गर्ने कार्यकारी निर्माता उदय सापकोटाले बताएका छन ।

प्रतिक्रिया