अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५१ | Colorodo: 15:06

युथ भ्वाईस, युथ रोमान्स चलचित्र–‘समर्पण’

बिआरटीनेपाल २०७३ मंसिर २६ गते ४:५७ मा प्रकाशित

विल्कुलै नयाँ कलाकार लिएर तयार भएको चलचित्र समर्पणको प्रदर्शनको मिति नजिकिंदै गर्दा फिल्म युनिटले प्रचारप्रचार अभियान तिब्र पारेको छ ।  नेपाल र बंगलादेशमा छायाँकन भएको चलचित्र समर्पणको टोलीले आज चितवनमा पत्रकार सम्मेलनमार्फत चलचित्र विल्कुनै नयाँ कलाकारका साथ नयाँ प्रस्तुतिमा बनेको दावी गरेको छ । बैशाखबाट छायाँकन शुरु भएको उक्त चलचित्र आगामी पुष १५ गतेबाट देशभर प्रदर्शन हुँदै छ । फायर ईन्टरप्राईजेज एण्ड मिडिया प्रालिको व्यानलमा चलचित्र तयार भएको हो ।

‘समर्पणमा युथ भ्वाईस, युथ रोमान्स छ, प्रस्तुतकर्ता रोजन रखालले भने, योङ्ग जेनेरेशन कसरी विग्रन्छ, उनीहरुको चाहना के हो, भावना किन बुझ्दैन भन्ने सन्देश छ ।’ युवा पुस्ताको माग अनुसार नयाँ फेस ल्याएको रखालले दावी गरे ।unnamed

पोखरा, बुटवल, धनगढी,चितवनमा प्रचार अभियान सकेर भोलीदेखि फिल्म युनिटले पुर्वी नेपालमा प्रचार अभियान शुरु गर्दै छ । समर्पणमा रुबिना शर्मा, कैलास तामाङ, रोजन रखाल, रन्जु शर्मा, अनु पराजुली आशा भुषाल, बिश्व लामा, प्रयास लामाको भुमिको छ ।

टंक बुढाथोकीको संगीत छ । दिनेश वान्तवा, दिब्य सुबेदी, जयकुमार दलामी मगरको छायांकन छ । बिश्वास लामाको नृत्य, किरण अधिकारी र तारा थापाको सम्पादन तथा कुमार महर्जनको द्धन्द्ध छ ।

बसन्त निरौलाको निर्देशन रहेको चलचित्र समर्पण ईमरान सिद्धिकीले निर्माण गरेका हुन् । टिकाराम रखालको लेखन छ । आज पत्रकार माथ फिल्मका प्रस्तुतकर्ता रखालले ६२ लाख बढी लगानीमा निर्माण भएको दावी गरेको छ ।

फिल्ममा प्रयोग भएको ४ गीत मध्ये २ वटा बंगलादेशको रमणिय क्षेत्रमा छायाँकन भएको छ । कलाकार प्रयास तामाङ, रुवी शर्मा, रञ्जु शर्मा, विश्वास र अमृत शाही ठकुरीले आआफ्नो भूमिका बारे जानकारी दिंदै रोमान्स र युवा पुस्तालाई केन्द्रित चलचित्र रहेको बताए ।

प्रतिक्रिया