अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१७ | Colorodo: 04:32

८५ बर्षिय भूषण दाहालद्वारा ३५ बर्षीय राजा हृदयेन्द्र बिर बिक्रम शाह संग Fireside

बिआरटीनेपाल २०७३ मंसिर २५ गते २१:११ मा प्रकाशित

Bhusan Dahal: दर्शक्बिन्द नमस्कार!!

राष्ट्रले गणतन्त्रीय प्रणालीबाट फेरी राज्तन्त्रिय प्रणाली सुरु गरेको पनि १५ बर्ष भैसकेको छ । यस अन्तराल भएको विभिन्न राजनीतिक उतारचढावलाइ निस्तेज गर्दै राष्ट्र हाँकी बक्सेका श्री ५ महाराजाधिराज संग आज हामी अन्तर्वार्ता गर्न गैरहेका छौं ।

दर्शक्बिन्द, नेपालले यो शताब्दि के कस्तो उतार्चाधाव्को सामना गर्नु पर्यो तेस्को ठेट कुरा म जस्ता दांत हराइसकेका बृद्ध हरुलाई मात्र थाहा होला । हामीले आज भन्दा ४० बर्ष अगाडी श्री ५ का ठुलो बुबा सरकार को स परिवार हत्या भएको पनि व्यहोर्नु पर्यो, मावोवादी द्वन्द झेल्नु पर्यो, राजतन्त्र को अन्त्य अनि गणतन्त्रको उदय अनि आकाशिएको भ्रस्ताचारी राजनीति पनि भोग्नु पर्यो. यसको साथसाथै ७२ सालको महा भुकम्प र सोहि बर्ष मित्र राष्ट्र भारतले गरेको नाकाबन्दी समेतको अनुभव हामीले बटुलेका छौं ।

यी सब घटनाले तत्काल त राष्ट्र टाट नै पल्टेको थियो. जनता चरम दुख र गरिबीले ग्रषित थिए तर आज समयले कोल्टे फेरेको छ, राष्ट्र पुनः एकपटक उज्वोल भविष्य तिर लम्किएको छ, म जस्ता ८५ बर्षीय बृद्धहरुले सजिलै सरकारबाट स्वास्थ्य  एवोम निवासको सुबिधा पाउन थालेको छ, रोजगारीको सुनिस्चितता र भरपर्दो अर्थतन्त्रले राष्ट्र ले सहि leader पाएको आभाष हामी जस्ता सर्वोसाधरणले सजिलै आभाष गर्न थालेका छन् ।

बिगतमा नेपाली जनताले धेरै नै दुख पाएका छन्, आज देश र जनताको बदलिदो परिस्थिति मा अतुलनिय योगदान पुर्याउनु भएका श्री ५ संग यसै सेरोफेरो मा कुरा गर्न मौसुफलाई कान्तिपुर publication को यस बिशिष्ट VVIP भवनमा निम्त्याएका छौं । आउनुहोश, मौसुफलाई स्वागत गरौँ ।

Your  Majesty  welcome  to  Fireside

King Hridayendra: धन्यबाद भूषण जी

Bhusan Dahal: मौसुफ सन्चै होइबक्सन्छ?

King: हजुर सन्चै छु!

Bhusan: दिन कसरि चल्दै छ, मौसुफ सरकारको?

King: एकदम busy !! थुप्रै काम हुन्छ तेसैले धेरै busy schedule हुन्छ.

Bhusan: व्यस्तताको बावजुद आज यहा सवारी भै बक्सेकोमा हामी सब मौसुफ प्रति कृतज्ञता राख्न चाहन्छौं!

King: Its  my  pleasure  to  talk  to  you  भूषण! I  have  always  remained  your  huge  fan .

तपाइँ आज ८५  बर्षीय हुँदा पनि एस्तो सक्रिय हुनु भएकोमा र मेरो अन्तर्वार्ता लि राख्नु भएको मा प्रफुल्ल छु.

Bhusan: सरकार, सर्वोप्रथम त मौसुफको बाजे, पूर्व श्री ५ को स्वास्थ्य स्थिति देखि सुरु गरौँ. वहाँ अहिले १०५ बर्ष हुनु भयो होइन?

King: हजुर हो

Bhusan: हिन्द दुल सजिलै गर्न सक्नु होइबक्सन्छ ?

King: हजुर, last month घुँडाको शल्यक्रिया भएको थियो, दुइतै कान सुन्न छाडी सक्यो तर ज्यान भने स्फ़ुर्तै बनाइ बक्सेको छ. अनि तपाइँ पनि दुब्लाउनु भएछ! दांत सक्कली नै हो?

Bhusan: सरकारले हसाउनु भयो! (खोक्दै र हास्दै) अगाडी को सब झरी सक्यो सरकार! अलि अलि diabetes छ सरकार!

King: राम्रो, अनि नया स्वास्थ्य केन्द्रहरु कस्तो पाउनु भयो?

Bhusan: म त नया नेपाल देखेरै हर्षित छु, सरकार! अस्पताल त अझ भन्ने परेन! अति उत्तम सरकार!

Well कुरा सुरु गरौँ, सरकारको हुकुम बमोजिम!

King: धेरै formality हुनु पर्दैन!!

Bhusan: पर्छ सरकार! सरकारलाइ सारा नेपालीको respect गाढा भएको समयमा म जस्तो साधारण व्यक्तिले यस्तो कुरामा खेलाची गर्न मिल्दैन.

King: ल ठिक छ, सोध के सोध्न मन लागेको छ?

Bhusan: सरकारले शाह बंशीय राजतन्त्र जसको अन्त्य भएर, गणतन्त्र समेत मुलुक ले पाएको थियो, फेरी राजतन्त्र मार्फत देशको उज्वोल प्रगति गर्नु भएको छ, कस्तो महशुश गर्नु हुन्छ?

King: भूषण जी, राजतन्त्र एउटा पद्धति मात्र हो, यो कुरा नभुलौं, सारा थोक त जनता नै हुन्. जनता comfortable भएकैले आज हामीले यो खुशी साट्न पाइरहेका छौं. तेसैले सारा नेपाली खुशी रहुन्जेल हामीपनि तेही अनुभूति महशुश गरिबक्संछौँ.

Bhusan: सरकारलाई परिवर्तनको अभिलाषा कहाबाट पलायो?

King: संस्कार, शिक्षा र नेपालीको दुखले नै मलाइ फरक पन को निम्ति intrigue गरेको हुनुपर्दछ.

Bhusan: सबैलाई सोध्न मन लागेको, यी दल हरुलाई कसरि चित्त बुझाउने गरि राख्नु भएको छ?

King: हाहा (मुस्कानका साथ्), समयले साथ् दिएको जस्तो लाग्छ मलाइ, नत्र म एक्लै ले सबैको चित्त बुझाएर राख्नु त सकिने कुरै थिएन.

Bhusan: मौसुफ, अलिकति flashback दीइबक्सनुहुन्छ कि?

King: Sure, तत्कालिन परिस्थिति जब मित्र राष्ट्र भारतले ७२ सालमा नाकाबन्दी लगायो, राष्ट्रको पतन नै हुने परिस्थिति बन्यो, देशमा ब्याप्त भ्रस्ताचार्ले गर्दा गरिबी निवारण त के emergency को लागि चाहिने resources समेत जगेर्ना गर्न सकिएको थिएन. मधेश मा ब्याप्त क्रियाकलाप ले देश को सम्पूर्ण अवस्था…. तपाइलाइ याद नै होला नि!

Bhusan: हो सरकार याद छ. तर retrospective मा हेर्दा, यहा जुन गतिले परिवर्तन हरु भए, तेस्को कल्पना at least म बाट अपेक्षित थिएन. सरकारले भ्रस्टचारी जति सब लाइ पाखा लगाइबक्सनु भयो, छिमेकी राष्ट्र हरु संग नया यात्रा र नेपाली रुपैया लाइ अझ मजबुत बनाइबक्स्यो. यी सब कुरा हरु तत्कालिन परिस्थिति मा मैले चाहीं सम्भावना देखेको थिएन. के यो पशुपतिनाथ कै देन थियो त? कि सरकार मा भगवान बिष्णु को बाश बसेकै हो त?

King: हेर्नुश, राजनीति त मलाइ भन्दा बढी तपाइलाइ थाहा छ, for  me  it  was  all  co  incidental , as  i  mentioned to you  earlier . तर कुरा के भने नेपाली जनता अहिले rational बनेका छन्, राष्ट्रलाई आघात पुर्याउने NGO / INGO उपर कडा पारियो, बामदेव गौतम, महन्त ठाकुर, रामशरण महत, सुजाता कोइराला, पजेरो काण्डका शेर बहादुर देउबा  जस्ता भ्रस्ताचारी र देशद्रोही हरुलाई तत्कालिन सरकारले फाँसी को सजाय तोकेकैले आज को परिस्थिति को कुशल वातावरण बनेको हो. मैले त खालि safe  ground पाएको अनुभूति गर्दछु.

Bhusan: अनि सरकारले कमल थापा र गणेश थापा को नाम छुताइबक्सनुभयेको पो हो कि मेरो बुढो कान ले नसुनेको हो सरकार? अनि अझ स शक्ता प्रचण्ड र बाबुराम लाइ चाहीं किन छोडिएको हो सरकार? राष्ट्र मा १७००० जना मर्ने मराउने काम त तिनी हरुले गरेका हुन् नि होइन र सरकार?

King: हेर्नुश राष्ट्रमा अहिले बलियो कानून प्रचलनमा छ. कमल जी र गणेश जी कुरा सम्बन्धित निकायले हेरेकै थियो. कमल जी बित्नु भएको पनि आज १० बर्ष भै सकेको छ. बिचरा गणेश जी paralysis भएर हात खुट्टा चल्दैन. तेसैले पनि उहा हरु को कुरा गर्नु उचित सम्झन्न. तर प्रचण्ड जी लाइ हामीले अमेरिका को ambassador बनाइ बक्स्यों. तर उहा बाट हामीले ढोका पाई बक्स्यों. उहा जस्तो सुकै भए पनि उहा संग थुप्रै जनताको साथ् थियो तत्कालिन परिवेश मा. तेस्माथी उहा पुर्व प्रधानमन्त्री पनि भएको हुनाले राष्ट्रको निम्ति अलिकति भए पनि ठाउँमा बोल्नु हुन्छ भन्ने सम्झेर उहालाई US ambassador हामी द्वारा नियुक्त गरिबक्सेका थियौं तर उनले आफ्नो कार्यकाल पश्चात उतै asylum file गरेर स परिवार सहित बस्नु भो, राष्ट्रको लागि पुनः एकपटक ढोका दिनु भयो.

बाबुराम जी लाइ त झन् Bovine  Spongiform  Encephalopathy भन्ने disease लागेर पागल नै बन्नु भयो. ल भन्नुश तपाइँ नै, उहा हरुलाई कसरि कारवाही गरौँ. anyway तर अब उपरान्त उहा हरुले गर्नु भएको जस्तो नेपाली जनतामाथिको खेल चाहीं कसैले नगरोश भन्ने चाहीं मेरो सरकारले खूब ध्यान दि रहेको छ.

Bhusan: सरकार त्यो disease त पूर्व भारतीय प्रधानमन्त्री मोदी लाइ पनि लागेको थियो होइन र? हाहा i  got  you … isnt  it  commonly  called  mad  cow  disease ?

King: हाहा yes भूषण जी, येही रोग लाग्यो त हामी के गर्न सक्छौं?

Bhusan: सरकार, अर्थतन्त्र को कुरा र नया संबिधान को कुरा गर्ने बाकि छ तर त्यो भन्दा पहिला देशमा गणतन्त्र बाट फेरी राजतन्त्र मा फर्कन क कसको कस्तो खालको देन थियो? म यो किन सोध्न चाहन्छु भने.. (अहम अहम खोक्दै)

King: पानि पिउनुहोश

Bhusan: जो आज्ञा सरकार… सरकार मलाइ पानी खायो कि मुत्र त्याग गर्न आतुर हुन्छु… तेसैले Halls लिन्छु सरकार.

King: ओहो तिमि अझै बिदेशी cough drops प्रयोग गर्छौ? स्वोदेसी उत्पादन कत्तिको प्रयोग गर्छौ?

Bhusan: गर्छु सरकार… सरकारले स्वोदेशी सामान प्रयोग गर्नेलाई tax credit दिने घोषणा लगत्तै मैले धेरै जसो नेपालमै बनेका सामानहरुको प्रयोग गर्ने गरेको छु… यहि halls मात्रै….

King: ल ठिक छ… हामी राजा भए लगत्तै सम्पूर्ण सामान नेपाली नै प्रयोग गर्ने गरेको छु. गाडी एउटा चाहीं यता नबन्ने भएको ले घोड सवार बग्गी प्रयोग गर्छु…

Bhusan: I  appreciate  your  approach  सरकार… सरकार मेरो बुढो दिमागले बिर्सेला… कृपया मेरा दर्शकलाई यो बताई बक्स्योश कि देश back to राजतन्त्र….

King: मैले तपाइको आशय बुझें… यो मैले भन्नुपर्दा असोभनिय होला मेरो पदिय मर्यादाले गर्दा तर देशमा भोलिको दिन पहिलेको जस्तो भयावोह परिस्थिति न आवोश भनेर म प्यारा जनताहरुलाई र भोलिका राजनीतिज्ञ हरुका निम्ति अवश्य यो बिषय भोलिका दिन मा सार्वजनिक गर्ने छु… तर फेरी तपाइको ढल्कदो उमेरले फेरी ति कुरा हेर्न नपाउने हो कि… समय छ?

Bhusan: जतिपनि छ सरकार….

King: ल ठिक छ.. सुन्नुहोश, नीति मा हजुरबुवा ले सिकाइ बक्सेको सर्वोप्रथम… राष्ट्र राष्ट्र को मित्रतामा भावनामा बग्नु हुदैन… give and take हुनु अति जरुरि छ. हाम्रो देशमा दात्रि निकाय भन्ने शब्द खूब चल्ती मा थियो.. हामीले तेस्तो निकाय को खारेजी को माग राख्यौं. देशको धरोहरहरुलाई धितो मा राखी बिदेशी बैंक बाट loan लिएर बिजुली उत्पादन, सडक बिस्तार र कृषि मा आफ्नो पकड राख्ने बलियो प्रोजेक्ट बनायौं.  भारतीय ब्यापारी अम्बानी जसले राजनीतिलाई नै पकडमा राख्नु भा थियो… उनि संग नै हाम्रो कुरा अगाडी सार्यौं.. उहालाई यो देशको पानि संग अति धेरै झुकाव रहेछ तेसैले नदि का केहि श्रोत हरु नै सस्तो मा बालमा दिने निर्णय गरियो

Bhusan: सरकार… अम्बानी को कुरा….

King: हजुर… मलाइ थाहा छ… यहाको यो प्रश्न आउँछ भनेर.. स्थिति जटिल थियो.. बाहिर एउटा चिज देखिन्थ्यो.. तर भित्रि कुरा अर्कै…

देशलाई प्रदेश मा टुक्र्याउने… द्वी द्वी वोटा महंगा चुनाब संबिधान सभाको निम्ति र सबैलाई समेट्न भनि बनाइएको समानुतिक प्रणाली त केवल देखावोटी मात्रै थियो… भ्रष्ट नेत्रित्वोले सबै आयातित agenda लाइ लाल मोहर लगाउदै थिए र जनता तत्कालिन धाराको पानी को लागि कराए झैं संबिधान संबिधान भनेर कराउन थाले… तपाइलाइ यादै होला ६०१ त सभासद मात्रै थिए….

Bhusan: किन याद नहुनु सरकार…

King: यी सब आखिर के का लागि त… शायद ७२ सालको भुकम्प अगाडी हो क्यार सभासद भवन मा सभासद हरुले कुर्सि फालाफाल गर्या होइन र?

Bhusan: हाहा… चतकै थियो नि सरकार….

King: सेना समायोजन को नाम मा खरबौं ति नै सभासद्मय दाजु भाइले सरकारी ढुकुटी रित्याए… अनि नेपाली सेना मा पनि बिदेशी निगरानी राखी राष्ट्रिय सेनाको सम्पूर्ण data विदेशीलाई थाहा दीइयो… तेसैले निम्त्यो तत्कालिन नाकाबन्दी..

बिदेशी लाइ त केवल दाउ मात्र चाहिन्छ.. उसको फाइदाको चिज पाउन… भारतीय राजनीतिलाई उचाल्ने ब्यापारी मा अम्बानी परिवार उच्च थिए… उनीहरुलाई बसमा राख्नु नै हाम्रो निम्ति golden  days सुरु हुनु हो. तसर्थ तट पश्चात.. यो राष्ट्रको अर्थतन्त्र र राजनीति सहि हुदै आएको हो…

हिजो झैं आज नेपाली जनता द्वी छाक तार्न gulf countries जाने पर्दैन… देशको अर्थतन्त्र ऊ तपाइले देखि हाल्नु भयो…

Bhusan: सरकार माने तपाइलाइ… तपाइले म जस्ता करोडौं जनताको इच्छा लाइ सच्चाइमा परिणत गरिबक्स्यो…. मेरो बाँकी प्रश्न हरुको पनि उत्तर दीइ बक्स्यो…

जाँदा जाँदै यति भनि दिनुस् अनि पिताजीको याद आउन्दैन?

King: राष्ट्र को निम्ति बाचेका हामीलाई तेस्तो भावोनात्मक प्रश्न नासोध्नुष… उहा बित्नु भए पश्चात…. पोखरा विमानस्थल को नाम पारस विमानस्थल राखेको छु… तेहाका जनताले बुवाको नाम राख्न रुचाएका थिएनन् तर मेरो आग्रह मा उहा हरु मान्नु भयो.

Bhusan: सरकार… सरकारसंग को बहुमुल्य कुराकानी मलाइ सुसोभित तुल्याउनु भएको छ..

मेरो प्राण त्याग पूर्व नै यो धर्तीमा स्वर्ग देखाई बक्सेकोले म हर्षित छु.. मेरो बेलुका को औसधि सेवन गराउन का निम्ति मेरी श्रीमती कुर्दै होलि…

मौसुफ सरकारको सपना साकार रहोश र नेपाल सदैव उन्नति तिर लम्कियोश..

मेरो शुभकामना सरकार

King: तपाइँ पनि आफ्नो ख्याल राख्नु होला… तपाइले अंगाल्नु भएको पेशाले धेरै नेपाली युवा लाइ फाइदा पुर्याएको छ.. तपाइको media मार्फत contribution अतुलनिय छ..  I wish for your better health.

जय नेपाल.

Bhusan: दर्शक बिन्द वहा हुनुहुन्थ्यो आधुनिक नेपाल का महाराज श्री ५ हृदयेन्द्र बिर बिक्रम शाह देव

मिति बि स २१०५ बैसाख २५

नव नेपाल सहि गति मा लागोश let me log off from this program for the last time

जय नेपाल.

source:https://trikalbhaila.wordpress.com

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू