अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४५ | Colorodo: 18:00

सरस्वती लामाको म्युजिक एलबम उर्वसी बिमोचन, यो छोरीलाई हेर्दा मात्रै नक्कली म्युजिक भिडियो समेत

बिआरटीनेपाल २०७३ मंसिर २४ गते २२:४४ मा प्रकाशित

लामो समय देखि आफ्नो दोस्रो म्यूजि एलबमको तयारीमा लागेकी रक पाप गायिका सरस्वती लामाको उक्त एलबम “उर्वसी” लोकार्पण भएको छ। कार्यक्रमका प्रमुख अतिथि जापानका लागि पूर्वराजदुत डा. गणेश योञ्जनले “उर्वसी” एलबमको लोकार्पण गर्नुभएको हो।

यही डिसेम्बर ८, २०१६ मा सिटीम्याक्सहल बागबजारमा सम्पन्न भएको लोकार्पण कार्यक्रममा सङ्गीतका चर्चित व्यक्तित्व गुरुदेव कामत, गायक यम बराल, राष्ट्रिय ब्यापारा सङ्घ, चलचित्रकर्मीहर, एलबमका संगीतकारहरु शन्तिराम राई, वसन्त सापकोटा, हरि लम्सालका साथै गीतकारहरु लगायत थुप्रै व्यक्तिहरूको उपस्थिति रहेको थियो।

नेपालका स्थापित तथा चर्चित मीडियाहरु रेडियो नेपाल, गोरखापत्र, कांतिपुर टिभी, कांतिपुर दैनिक, साप्ताहिक, रेडियो कांतिपुर, इमेज टिभी, इमेज एफएम, सागरमाथा टिभी, हिट्स एमएम लगायत धेरै अनलाइन पत्रकारहरुको समेत उपस्थित थियो।

उर्वसी एल्बममा पाँच वटा गीतहरू समावेश छन्। संयोजन नै मान्नुपर्छ की ५ मध्ये ३ गीतका शब्दहरू संचारकर्मीहरुको रहेको छ। शीर्ष अर्थात् टाइटल सङ्ग उर्वसी को शब्द अमेरिका स्थित एनआरएन अभियन्ता तथा संचारकर्मी कृष्ण के सी को हो। सो गीतको सङ्गीतमा बसंत सापकोटाले सङ्गीत गर्नुभएको हो।

त्यसै गरी खाली छ खाली छ रक्-पाप टाइपका गीतको शब्द नरेश भटट्टराईको हो भने सङ्गीत हरि लम्सालको। कुर्ता सूरवाल लाउँकी भन्ने पूर्वेली गीतको शब्द डिम्पल लिम्बुको हो र सङ्गीत शांतिराम राईको हो। त्यसै गरी भादगाउँले टोपी गीतको शब्द र सङ्गीत दुवै बसंत सापकोटाको हो। अनि यो छोरीलाई हेर्दा मात्रै नक्कली गीतको शब्द भीम राईको हो भने सङ्गीत स्पंदन राईको हो। एलबमका ५ मध्ये यो गीतको मयोजिक भिडियो समेत सार्वजनिक गरिएकोछ।

अब बाँकी गीतहरुको म्युजिक भिडियो पानी क्रमशः भन्ने कुरा गायिका लामाले बताउनु भएको छ। साथमा यो एलबम बनाउन सुरु देखि बिमोचन सम्म सहयोग दिनुहुने सबैप्रति उहाँले धन्यवाद ज्ञापन गर्नुभएको छ। दोस्रो एलबमको पहिलो म्युजिक भिडियो:

प्रतिक्रिया