अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२० | Colorodo: 03:35

परिवर्तन नेपालले हरितारा पुरस्कार तथा परिवर्तन सम्मान प्रदान गर्दै

बिआरटीनेपाल २०७३ मंसिर २३ गते ६:३० मा प्रकाशित

कला क्षेत्रमा योगदान पुर्याएका ब्यक्तीहरुको सम्मानमा परिवर्तन नेपालले हरितारा पुरस्कार तथा परिवर्तन सम्मान प्रदान गर्ने भएको छ । यहि मंसिर ३० गते राजधानिको होटल हार्दिकमा बिषेश समारोहको आयोजना गरि परिवर्तन नेपालले कलाकर्मीलाई हरितारा पुरस्कार तथा परिवर्तन सम्मान प्रदान गर्ने भएको हो ।unnamed-4

समारोहमा चलचित्रकर्मीहरु सविन बास्तोला, सन्तोष श्रेष्ठ र डा. श्यामकाजी मर्हजनलाई परिवर्तन नेपालले पुरस्कार प्रदान तथा सम्मान गर्ने भएको छ ।

त्यस्तै केहि समय अघि पुर्व घोषणा गरिएको हरितारा चलचित्र पुरस्कार सोहि कार्यक्रममा संचारकर्मी शान्तिप्रिय, डिजाइनर सुन्दर श्रेष्ठ र अभिनेत्री करिष्मा मानन्धरलाई प्रतिव्यक्ति २५–२५ हजारको राशिले पुरस्कृत गर्ने पनि बताइएको छ ।

दुर्गादेवी–पुण्य निरौला स्मृति चलचित्र पुरस्कार अन्तरर्गत पुराना चलचित्रकर्मी सुवाष गजुरेललाई १० हजारको धन राशी सहित पुरस्कार प्रदान गरिने पनि जानकारि गराइएको छ ।unnamed-3

नेपाली चलचित्र पुरस्कारको फाँटमा पहिलो पुरस्कार भनी चिनिने हरितारा चलचित्र पुरस्कार नेपालमा रहेका चलचित्र पुरस्कारहरु मध्ये सबभन्दा ठूलो धनराशी भएको पुरस्कारको रुपमा पनि चिनिने गर्छ ।

प्रतिक्रिया