अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१६ | Colorodo: 10:31

नेपाली गीत विश्वलाई सुनाउने लक्ष्य बोकेका युवाहरुले अमेरिकाबाट तय गरे सांगितीक यात्रा(भिडियो)

बिआरटीनेपाल २०७३ मंसिर २२ गते २०:४८ मा प्रकाशित

बिभिन्न कारणले नेपाल छोडेर बिदेशीय पनि आफ्नो देश र भाषागत प्रेम मनमा संधै हुन्छ भन्ने उदाहरण टेक्सासमा रहेका नेपाली युवाहरुले दिएका छ । अमेरिकाको टेक्सासमा रहेका नेपाली युवाहरुले हालै मात्र बिश्वमा चलिरहेको हिपहप, आर एण्ड वि र्याप संगीतको धारमा रहेर नेपाली शव्दमा अन्तराष्ट्रिय स्तरको गीत बजारमा ल्याएका छन् ।

नेपाली गीत संगीत पनि कुनै कुरामा कम छैन र बिश्व संग प्रतिस्पर्धा गर्न सक्छ भन्ने देखाउन साँगितीक यात्रा तय गरेका यी युवाहरुका प्रंशसक पनि ठुलो संख्यामा थपीदैं छन् । मेरो मनमा तिमी मात्र छौं गीतको म्युजिक भिडियो पनि तयार भएको छ । संगीतको कुनै औपचारिक शिक्षा नलिएका यी युवाहरुले भर्खरै बजारमा ल्याएको गीत मेरो मनमा तिमी मात्र छौं स्रोता दर्शकले खुबै रुचाएका छन् । बिपुल दहाल र जनम् रानाको आवाज रहेको गीतमा शिशिर गौतम, बिकेश भण्डारी, अबिरल, अभिशेख, राशद र वर्सादले अभिनय गरेका छ्न् ।

बन्द कोठामा साथी भाई जम्मा भएर नेपाली शब्दहरुलाई आफ्नै कम्पोजमा तयार पारेर गाउँदै आएका यी युवाहरु औपचारिक संगीत यात्रामा बाहिर निस्कीए पछि भने जिम्मेवारी पनि महशुष गरेका छन् । गायक बिपुलले भनें हामीले सोचेका थिएनौं हामी यो अवस्था सम्म आईपुग्छौं भनेर खुसी लागेको छ ।साथै स्रोता दर्शकप्रतीको जिम्मेवारी पनि थपिएको छ राम्रा गीतहरु ल्याउने । सबैले आफुहरुको सांगितीक यात्रालाई सकारात्मक रुपले हेरिदिएकाले पनि थप अगाडि बढ्नलाई हौसला मिलेको उनिहरु बताउँछन् ।

https://www.youtube.com/watch?v=2PDQpl4x7jQ

 

प्रतिक्रिया