अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:०३ | Colorodo: 11:18

धुर्मुस सुन्तलीको “ज्योति” हेर्न उर्लियो जनसागर

बिआरटीनेपाल २०७३ मंसिर २२ गते ९:०७ मा प्रकाशित

बालमैत्री देश निर्माणको अभियान लिएर अघि बढेका हाँस्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को फिल्म “ज्योति” हेर्न जनसागर उर्लिएको छ । हिमाली जिल्ला रसुवामा समेत बालमैत्री फिल्म “ज्योति” हेर्न आम नागरिकको ओइरो लागेको हो । रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे हुँदै फिल्म देखाउन रसुवा पुगेका धुर्मुस सुन्तलीलाई जाडोको पर्बाह नगरी साँझको समयमा समेत १० हजारभन्दा बढी दर्शकको साथ मिलेको छ । उनीहरूले रसुवाको धुन्चे र कालिकास्थानमा बालमैत्री फिल्म “ज्योति” प्रर्दशन गरेका छन् । img_0434

निकै चिसो मौसमका बाबजुद पनि बालमैत्री फिल्म हेर्ने दर्शकको उल्लेख्य उपस्थिति र फिल्म हेरीसकेपछिको प्रतिक्रिया एवं प्रतिबद्धताले आफुहरुमा नयाँ जोस प्राप्त भएको सिताराम कट्टेलले बताएका छन् । नयाँ पुस्ताको सोचलाई सकारात्मक बनाउन सकेमा देशको भविष्य उज्वल हुने कुञ्जना घिमिरेको भनाई छ । बालमैत्री स्थानीय शासनका ३९ सूचक समावेश गरेर बनाइएको फिल्म “ज्योति”ले बालमैत्री स्थानीय शासन कार्यान्वयनमा धेरै सहयोगी बन्ने अपेक्षा लिइएको छ । पुनर्निर्माणको कामबाट समेत प्रशंसा बटुलेका उनीहरूले देश बनाउनका लागि बालमैत्री स्थानीय शासन अपरिहार्य रहेको बताएका छन् । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको समन्वयमा अभियान सुरु गरेका उनीहरूलाई युनिसेफ नेपालको सहयोग मिलेको छ ।

img_0309

img_0442

img_9727

प्रतिक्रिया