अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५७ | Colorodo: 23:12

मेलिना र मविन्द्रको ‘माया जालैमा’ शैलेस र अन्जुको रोमान्स (भिडियो सहित)

बिआरटीनेपाल २०७३ मंसिर २१ गते ५:५८ मा प्रकाशित

“यो माया हो”, “सेवारो नमस्ते” लगायतका सफल गीतहरु बजारमा ल्याइसकेका गायक मविन्द्र राईले नयाँ गीत “माया जालै” मा बोलको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । यूवापुस्ताकी चर्चित गायिका मेलिना राई र गायक मविन्द्र राईको आवाजमा रहेको “माया जालै” मा बोलको गीतमा गायक मविन्द्रकै शब्द र संगीत रहेको छ ।unnamed-2

यूवापुस्ताका दर्शकहरुलाई लक्षित गरेर निर्माण गरिएको सार्वजनिक “माया जालैमा बोलको भिडियोमा शैलेस हमाल र अन्जु भण्डारीले अभिनय गरेका छन् । रुपेश श्रेष्ठको छायाँकन, सम्पादन र निर्देशन रहेको छ ।unnamed-1

गायक मविन्द्र राईले “तर्की तर्की” बोलको गीत पनि बजारमा अन्तिम तयारीमा छ । यो गीतमा पनि गायक राईलाई गायिका मेलिना राईले साथ दिएकी छिन् ।

प्रतिक्रिया