अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५४ | Colorodo: 19:09

१२ औं मिस नेवाः – ११३७ कोे घोषणा

बिआरटीनेपाल २०७३ मंसिर २० गते ७:३८ मा प्रकाशित

नेप्लिज फेशन होमले हरेक वर्ष आयोजना गर्दै आएको ‘मिस नेवा’ प्रतियोगिता ‘१२ औं मिस नेवाः११३७’ घोषणा गरेको छ । सोमबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा १२ औं मिस नेवा घोषणा गरेको हो ।

पत्रकार भेटघाटका क्रममा मिस नेवाः का सल्लाहकार एवं प्राइम बैंकका उपमहाप्रबन्ध भाईराजा तुलाधरले नेवार समुदायले गर्नु पर्ने मिस नेवाः कार्यक्रम नेप्लिज फेशन होमले गरेर हेमा मानन्धरले नेवार संस्कृतिको सँरक्षण र प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

हालकी मिस नेवा एन्जल श्रेष्ठले आफु नेवार परिवारकी छोरी भएर पनि मिस नेवामा भाग लिएपछि नेवारी संस्कृति बारे जन्ने बुझ्ने अबसर पाएको बताईन् । मिस नेवा भएपछि आफुले नामसँगै नेवार संस्कृति प्रवर्धन र सँरक्षमा युवापुस्तालाई एकिकृत गर्दै काम गर्ने मौका पाएको पनि उनले बताईन । .

सो कार्यक्रममा नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले भनिन्,‘नेवार संस्कृति आफैंमा धनी छ यसलाई बचाएर अघि बढाउन युवपुस्तालाई नै आकर्षित गर्नु पर्दछ । त्यसैले नेवाली संस्कृति, भाषा, भेषभुषा बारे युवा पुस्तालाई जानकारी गराउँदै उनीहरु मार्फत संरक्षण तर्फ समाजलाई उन्मुख गर्न हामीले बिगत १२ वर्ष देखि मिस नेवाः प्रतियोगिता आयोजना गर्दै आएका हौं ।’

उनले भनिन्,‘मिस नेवाः सौन्दर्य सांस्कृतिक पर्वद्धन, भाषिक चेतना र प्रतिभा प्रस्तुतिका लागि आयोजना गरिँदै आएको प्रतियोगिता हो । यस प्रतियोगितामा नेवार समुदायका १६ देखि २३ वर्ष उमेर समुहका अविवाहित युवतीले सहभागिता जनाउन पाउने छन् । यो प्रतियोगितामा सहभागी हुने प्रतियोगी नेवार समुदायबाट हुनु पर्दछ । जस मध्य बुबा तथा आमा जो नेवार परिवारको भए पनि सहभागिता जनाउने पाउने छन् ।’

यो प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगीहरुका लागि फारम खुला गरिएको पनिका कार्यक्रममा जानकारी गराईयो । मानन्धरका अनुसार प्रतियोगीले नेप्लिज फेशन होमको कार्यालय डिल्लीबजारबाट तथा अनलाईनबाट पनि फारम भर्न सक्नेछन् । प्रतियोगिताको पहिलो चरणको अडिसन आगामी २ पुषमा जमल स्थित होटल यल्लो पगोडामा हुने छ । यो प्रतियोगितामा बढीमा ४२ जनासम्म प्रतियोगीलाई सहभागी गराईने भएको छ ।

अध्यक्ष मनन्धरका अनुसार प्रतियोगितामा सहभागीलाई करिब डेढ महिनाको अवधिमा विभिन्न विधामा प्रशिक्षण दिईने छ । उनीहरुलाई आत्मविश्वास, आमसञ्चार, व्यक्तित्व विकाश, सामाजिक सेवा, नृत्य, फिटनेश सहित विभिन्न शिप सिकाईने छ । १२ औं मिस नेवाःको चयन आगामी माघको दोस्रो साता काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजना गरिनेछ । प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले र नृत्य कोरियोग्राफी रोहिया महर्जनले गर्नेछन् ।

प्रतिक्रिया