अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:३२ | Colorodo: 10:47

दोस्रो संस्करणको ‘लक्स कामना फिल्म अवार्डस्’ शनिवार

बिआरटीनेपाल २०७३ मंसिर १७ गते ९:४७ मा प्रकाशित

लोकप्रिय सिने मासिक कामनाले ३३ वर्ष पूरा गरी ३४औं वर्षमा प्रवेश गरेको अवसरमा शनिबार राजधानीमा आयोजना गर्न लागेको दोस्रो संस्करणको अवार्ड ‘लक्स कामना फिल्म अवार्डस्को सम्पूर्ण तयारी पूरा भएको छ ।

सिजी इन्टरटेनमेन्टको प्रस्तुतिमा राजधानीको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजना हुन लागेको लक्स कामना फिल्म अवार्डस् २०७३ रेड कार्पेटबाट शुरु हुनेछ। केही मनोरञ्जनपूर्ण सरप्राइज प्याकेजका साथ सम्पन्न हुने समारोहमा प्रस्तुत हुने ती मनोरञ्जनात्मक प्रस्तुतिको फुटेजको रेकर्ड केवल १ मिनेट सम्म मात्र प्रसारण गर्न सकिने कामनाले जानकारी गराएको छ ।unnamed-1

कामनाले समारोहको भिडियो रेकर्ड केही समयपछि मात्र टेलिभिजनबाट प्रसारण गरिने भएकाले लक्स कामना फिल्म अवार्डस् २०७३ मा अवार्ड तथा सम्मान प्रदान र ग्रहणका अडियो भिडियो बाहेक समारोहमा प्रस्तुत हुने प्रत्येक प्रस्तुतिलाई १ मिनेटसम्म मात्र प्रसारण गर्न पाउने ब्यबस्था मिलाएको जनाएको छ ।

अपरान्ह २ बजे रेड कार्पेटबाट शुरु हुने समारोहको मूख्य कार्यक्रम ३ बजेबाट प्रारम्भ हुनेछ भने करिब साँढे २ घण्टा सम्म कार्यक्रम चल्नेछ । २०७१ सालमा मनोरञ्जन क्षेत्रको प्रतिष्ठित संस्था सिजी इन्टरटेनमेन्टको सहयकार्यमा सिजी कामना फिल्म अवार्डस्का रुपमा सम्पन्न भएको यो अवार्डमा यस वर्षबाट बहुराष्ट्रिय कम्पनी युनिलिभिर नेपालको उत्कृष्ट सौन्दर्य साबुन लक्सको समेत सहकार्य थपिएसँगै लक्स कामना फिल्म अवार्डस् २०७३ का रुपमा सम्पन्न हुन लागेको हो ।

लक्सको सहभागीता सँगै एक नयाँ विधा पनि थपिएको छ । लक्स पपुलर च्वाईस अवार्ड थपिएसँगै दोस्रो संस्करणको यो अवार्डमा यस वर्ष ३२ विधामा अवार्ड प्रदान गरिनेछ। केवल एसएमएस भोटिङका आधारमा लक्स व्युटी स्टार छनौट हुने अवार्डको यो विधामा केकी अधिकारी, नम्रता श्रेष्ठ, सामाज्ञ्रीराज्यलक्ष्मी शाह, प्रियंका कार्की र सृष्टी श्रेष्ठबिच प्रतिस्पर्धा चलिरहेको छ। यो विधामा सर्वाधिक एसएमएस प्राप्त गर्ने सुन्दरीले नै अवार्ड हासिल गर्नेछिन्। प्रतिस्पर्धामा रहेका २७ मध्ये अन्य १८ लोकप्रिय विधामा पनि एसएमएस भोटिङ चलिहरेको छ। ती १८ विधामा ९० प्रतिशत अंक निर्णायक मण्डल र १० प्रतिशत अंक एसएमएस भोटिङबाट जोडी विजेता चयन गरिनेछ।

लक्स कामना अवार्डस् २०७३ मा चलचित्र नाईं नभन्नु ल ४ सर्वाधिक धेरै २१ विधाको मनोनयनमा परेको छ। त्यसै गरी चलचित्र प्रेम गीत १९, क्लासिक १७, ड्रिम्स १६, वडा नम्बर छ १४ र पशुपतिप्रसाद १२ विधाको मनोनयनमा परेको छ।

सम्मान चलचित्रको ः उत्सव उत्कृष्टताको भन्ने मान्यताबमोजिम नेपाली चलचित्र क्षेत्रको महाउत्सवका रुपमा हुने अवार्ड समारोहमा चलचित्र क्षेत्रमा पु¥याएको योगदानको आधारमा कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) अर्पण गरिनेछ। कीर्तिमय दीर्घ योगदान सम्मान गत अवार्डमा जस्तै यस वर्ष पनि प्राविधिक क्षेत्रतर्पm पनि प्रदान गरिने भएको छ।

त्यसै गरी निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिनेछ। संगीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिनेछ।

प्रतिक्रिया