अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२३ | Colorodo: 10:38

माओवादीका जमिल खान एमालेमा प्रवेश

बिआरटीनेपाल २०७३ मंसिर १६ गते ९:२९ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका पुर्ब जिल्ला कमिटी सदस्य जमिल खान नेकपा एमालेमा प्रवेश  गरेका छन् ।
नेपालगन्जमा बिहिवार आयोजित अगुवा कार्यकर्ता भेलामा खानलाई एमाले स्थायी समिति सदस्य शंकर पोख्रेलले पार्टीमा स्वागत गरेका हुन् ।

सो अवसरमा अन्य विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकालाई नेता पोख्रेलले पार्टीमा स्वागत गरेका थिए ।

एमाले प्रवेश गरेका खानले बर्तमान सन्दर्भमा नेकपा एमालेले लिएको विचार र सिद्धान्तबाट प्रभावित भई एमाले प्रवेश गरेको बताए ।

खान विगतमा एमालेको ईलाका कमिटी सचिव भईसकेका युवा नेता हुन् । एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले पार्टी प्रवेश गरेका खानलाई उचित जिम्मेवारी दिने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू