अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०७ | Colorodo: 20:22

अमेरिका बस्दै आएका गायक गम्बु शेर्पाको स्वरको गीत स्कुलको एसेम्लिमा बज्ने (भिडियो सहित)

बिआरटीनेपाल २०७३ मंसिर १५ गते २:१६ मा प्रकाशित

अमेरिकाको न्यूयोर्कमा बसिरहेका गायक तथा समाजसेबी गम्बु शेर्पाको स्वरमा रहेको ‘मेरो बा ले भन्नु हुन्थ्यो’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मेरो बा ले भन्नु हुन्थ्यो दुखमा न आत्तीननु’ बोल रहेको यो गीत गम्बु शेर्पाको पछिल्लो अल्बम  ‘मेरो देश’ मा समेटिएको गीत हो ।

गम्बुको स्वरको यस गीतलाई अब हरेक दिन काठमान्डौंको पेप्सी कोला(सनसिटि)मा रहेको उज्ज्वल तारा बोर्डइङ स्कुलले कक्षा सुरु हुनु अगाडी एसेम्लिमा बजाउने भएको छ । यो गीत भित्र बालबालिकाहरुलाई राम्रो सन्देश भएकाले हरेक बिहान कक्षा कोठामा जानु अगाडी बजाउदा स साना बालबालिकाहरुमा सकारत्मक सन्देश प्रबाह हुने हुँदा यो गीतलाई दैनिक बजाउने निधो गरेको उज्ज्वल ताराकी सन्चालिका गायत्री कार्कीले बताईन् ।15240334_10210564021672325_903124965_n

आफैले गाएको गीत यसरि पहिलो पल्ट बिद्यालयले दैनिक बजाउने भएपछी आफुमा संगीतप्रती थप जिम्बेवारी बढेको र अत्यन्तै खुशी लागेको गम्बु बताउछन् । यो गीतमाथी बनेको भिडियो शूटिङ हुनु अगाडी भिडियोका कलाकार सरोज केसीले गम्बु शेर्पाद्वारा जोरपाटी काठमान्डौंमा पालनपोसन गरिराखेका १३ जना अनाथ बालबलिकाहरुलाई नगद रु २१४०० आफ्नि छोरी तथा यस गीतको भिडियोकी बालकलाकार सरुजा के सि को हात बाट हस्तान्तरन गरेका थिए ।15239322_10210564023312366_1989039137_n

उक्त सहयोगार्थ रकम सरोज केसीले भुवन के सिको चलचित्र ड्रिम्स  अमेरिकाको भर्जिनियामा प्रदर्शन गरी उठाएका थिए । चल्चित्रको बिशेस शो मा टिकट काटेर बालबालिकाहरुलाई बिशेस सहयोग गरेका वरिस्ठ गायक रामप्रसाद खनाल , नायिका अनुपमा प्रसाइ ,समाजसेबी तथा मोडेल रिमा कार्की , समाजसेबी अनामिका उप्रेती कलाकार ध्रुब ओन्त र सजिब थापा रहेका छन ।

गायक शेर्पा ले यो गीतको म्युजिक भिडियोबाट उठेको युटुब रोयल्टी सबै आफ्ना जोरपाटीमा आस्रीत बालबलिकाहरुको पढाईमा खर्च गर्ने बाताएका छन् । बा ले भन्नु हुन्थ्यो’15281161_10210564022992358_787500678_n

एल्बम  ‘मेरो देशमा’ , नरेश भट्टराइको शब्द र , शिखर सन्तोषको संगीत रहेको छ भने गायक शेर्पा संगै सिमा संग्रौलाको पनि आवाज सुन्न सकिन्छ ।

सरोज के सि र सरोजकी छोरी सरुजा के सि (बालकलाकार) र रुसा के सिको अभिनय रहेको मेरो बा ले भन्नुहुन्थ्योलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् ।

 

 

प्रतिक्रिया