अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४३ | Colorodo: 11:58

‘हेरिटेज पेजेन्ट-२०१६’ मा सहभागी हुन मञ्जु, आश्रा र सृजना कोलम्बो जाँदै

बिआरटीनेपाल २०७३ मंसिर १३ गते ४:४९ मा प्रकाशित

अन्र्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘हेरिटेज पेजेन्ट २०१६’मा नेपालको प्रतिनिधित्व मञ्जु वन्जार, आश्रा कुंवर र सृजना पुनले गर्ने भएका छन् । हेरिटेज पेजेन्टका लागि आधिकारिकता प्राप्त गरेको ग्रिन आर्ट मिडिया प्रा.लिले आइतबार राजधानीमा एक कार्यक्रम बीच प्रतियोगी सार्वजनिक गरेको हो ।

कार्यक्रममा मिडियाले मञ्जु वन्जारालाई ‘मिसेज नेपाल हेरिटेज’, आश्रा कुंवरलाई ‘मिस नेपाल हेरिटेज’ र सृजना पुनलाई ‘टिन नेपाल हेरिटेज’को ताज पहिराउँदै ‘हेरिटेज पेजेन्ट २०१६’को लागि बाटो खुल्ला गरेको हो । यी तीनलाई गतबर्षकी मिसेज नेपाल पदमिनि झा, मिस नेपाल अर्थ नग्मा श्रेष्ठ तथा मिस नेपाल हेरिटेज निशा पाठकले क्राउन पहिर्याएका थिए ।

यी तीनै प्रतियोगीले श्रीलंकाको कोलम्बो शहरमा डिसेम्वर २ देखि १० तारिखसम्म आयोजना मिसेज हेरिटेज, मिस हेरिटेज र टिन हेरिटेज इन्टरनेशनलमा’ नेपालको प्रतिनिधित्व गर्ने छन् ।unnamed-6

हेरिटेज पेजेन्टमा सहभागीताको लागि जानु पुर्व प्रतिष्पधीले कोरियोग्राफर अनिला श्रेष्ठसँग बिभिन्न प्रशिक्षण हासिल गर्नेछन् । हेरिटेज पेजेन्टका लागि सहभागी तजाउने तीनै प्रतियोगीको पहिरन डिजाइनर प्रज्वल श्रेष्ठ (लिभिट इन्टरटेन्मेन्ट) तथा ड्रिम वेयरले तयार पार्ने आयोजकले जनाएको छ ।unnamed-5

हेरिटेज पेजेन्टका लागि यो नेपालको पहिलो सहभागिता भने होइन । यस अघि ईप्लानेटको संयोजन र व्यवस्थापनमा २०१४ मा नानी थापाले सहभागिता जनाएर इन्भाइरोमेन्ट एम्बास्डर अवार्ड जित्न सफल भएकी थिइन् । भने ,२०१५ की सहभागी निशा पाठकले थर्ड रनर अप सहित इन्भाइरोमेन्ट ड्रेश अवार्ड नेपाल भित्र्याएकी थिइन् ।

प्रतियोगी सहित नेपालकी निर्देशक अनिला श्रेष्ठ यहि मंसिर १८ शनिबार (३ डिसेम्वर) श्रीलङ्का उड्दैछन् ।

४० बर्षिया मञ्जु हाल पफेसन डिजाइनरका रुपमा कार्यरत छिन् । भने २४ वर्षिया आश्रा कुंवर इन्भाइरोमेन्टल साइन्सकी ग्रजुएट विधार्थी हुन् । उनी गीतकार र गायीको रुपमा पनि चिनिदै आएकी छन् । १९ वर्षिया सृजना पुन गोल्डेन गेट कलेजमा अध्यनरत छिन् । सौन्दर्य प्रतियोगीता मार्फत देशको नाम संसारभर चिनाउने उनको लक्ष्य रहेको छ ।

प्रतिक्रिया